site stats
बाह्रखरी :: Baahrakhari
विदेश
म्यानमार सेनाद्वारा नेतृ आङ सान सुकी पक्राउ, राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द

काठमाडौं । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई सेनाले पक्राउ गरको छ । सुकी पक्राउ परेको खबर एनएडीका प्रवक्ता म्यो न्यूनले जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । 

प्रवक्ता म्यो न्यूनका अनुसार सूकीसँगै राष्ट्रपति वुइन मियन र अन्य नेताहरूलाई पनि सेनाले पक्राउ गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफू पनि पक्राउ पर्ने आशंका व्यक्त गरेका छन् । राजधानी तथा र मुख्य सहरका गल्लीहरूमा सेनाको उपस्थिति बाक्लो रहेको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको समाचारमा उल्लेख छ ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा बहुमत प्राप्त गरे पनि सेनाले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो । 

सेनाले आज (सोमवार) हुन लागेको संसद् बैठकलाई पछि सार्न सरकारलाई दबाब दिँदै आएको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्