site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रतिनिधिसभा विघटनको रिटमाथि आजको सुनुवाइ सकियो, अर्को सुनुवाइ भोलि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा  लामो बहस गरेका थिए । 

दुवैले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए । 

इजलासबाट बारम्बार धारा ७६ (१) को प्रधानमन्त्रीले विघटन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा आएको थियो ।  सो क्रममा वरिष्ठ अधिवक्ता पोख्रेल र आचार्यले अहिलेको प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको जिकिर गरेका थिए । 

प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुन:स्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो । भोलि फेरि सो मुद्दामा सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्