site stats
बाह्रखरी :: Baahrakhari
देश
दूधकोसी सामुदायिक अस्पताल सञ्‍चालनमा धुलिखेल अस्पतालको साथ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौ ।विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापना गरिएको दुधकोशी सामूदायिक अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ ।  सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा.न. ६ मुक्लीमा निर्माणधीन रहेको पचास शैयाको दुधकोशी सामूदायिक अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता भएको हो । 

सम्झौतापत्रमा एक समारोहबीच  थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. रमेश मकाजुले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्