site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश १ : नेकपा संसदीय दलमा राईलाई हटाएर आचार्य चयन

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ मा संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ । संसदीय दलबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई चयन गरेको बताइएको छ ।

नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराइएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने सांसदलाई राईले स्पष्टीकरण सोधेका थिए । दलका उपनेता टंक आङबुहाङले यसअघि राईलाई पत्रचार गरी संसदीय दलका काम कारबाही नगर्न सचेत गराएका थिए ।

नेता आङ्बुहाङले आज बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro