site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अरू नेताहरू र अरू राजनीतिक दलका नेता त सबै गैरजिम्मेवार भए नै जनसाधारणसमेत महामारीका बेलामा पनि जिम्मेवार देखिएनन् । राजनीतिक नेतृत्वमात्र हैन नागरिक पनि यसरी गैरजिम्मेवार भएपछि अन्ततः हुने त देशको दुर्दशा नै हो । कोभिड—१९ को संक्रमण सतहमा मत्थर भएको देखिए पनि यथार्थमा फैलिइरहेको भन्दै विज्ञहरूले सजग रहन चेतावनी दिएका छन् । नेपाली जनताले भने महामारीलाई परास्त गरेजसरी हेलचेक्य्राइँ गरिरहेका छन् । सरकारले समुदायमा परीक्षण र सम्पर्क पहिचान गर्न लगभग छाडिसकेको छ । यही कारणले संक्रमित संख्या कम देखिएको हो । तर, यसैलाई देखाएर नागरिकहरू पनि गैरजिम्मेवार हुँदा भयावह अवस्था उत्पन्न हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

संसारभर कोभिड—१९ को संक्रमणको अर्को लहर देखिइरहेको छ । कोभिड—१९ विरुद्ध खोप अभियान सुरु गरेको बेलायतमा नयाँ शक्तिशाली भाइरसको संक्रमण देखिन थालेपछि बन्दाबन्दी (लकडाउन)का थप उपायहरू अपनाउन थालिएको छ । युरोप, मध्यपूर्व र केही एसियाली मुलुकहरूले बेलायतसँग आवागमन निषेधको घोषणा गरेका छन् । कोभिड—१९विरुद्ध खोप अभियान सुरु गरेको अमेरिकामा पनि संक्रमण झन् झन् फैलेको छ । अर्थात्, गत वर्ष चीनको वुहानमा कोभिड — १९ सुरु भएको यही समयभन्दा अहिले विश्व झन् संकटमा परेको छ । कोभिड—१९ प्रतिरोधक खोपको विकास भएकाले केही आशा जगाए पनि संसारका सबै जनसंख्याले त्यसमा पनि गरिब मुलुकका विपन्न नागरिकले खोप पाउन अझै सके वर्ष दिनभन्दा बढी र नभए केही महिना त पक्कै पर्खनुपर्नेछ । यसैले नेपाली जनताले सरकार गैरजिम्मेवार भयो भन्दैमा आफू र प्रियजनलाई महामारीको पन्जामा पर्न नदिन सावधान हुनैपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विडम्बना, खोप नपाउँदासम्म कोभिड—१९ को संक्रमणबाट जोगिने उपाय सामाजिक दूरी कायम राख्ने र मास्कको प्रयोग गर्नु नै हो । रोग प्रतिरोधक क्षमता बढाउने घरेलु वा अन्य औषधिहरू धेरै प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पनि पर्न सक्छ । ‘हाच्छिउँ साच्छिउँ’ गरेर वा बेसार पानी खाएर कोभिड—१९ को संक्रमण रोक्न सकिन्छ भन्ने प्रधानमन्त्री भएका मुलुकमा जनस्वास्थ्यविद््का चेतावनीको सरकार र समाजले उपेक्षा गर्दा आश्चर्य मान्नु त पर्दैन । परन्तु, कोभिड—१९ को संक्रमण र यसको घातक लक्षणका बारेमा थाहा पाएकैहरू आफ्नो र आफ्ना प्रियजनको जीवनसँगै खेलाँची गर्नेगरी लापरबाह हुनु भने आश्चर्य र चिन्ताको विषय हो । सरकारको राजनीतिक नेतृत्वले महामारीलाई कमाउने अवसरभन्दा अरू ठानेको देखिएन । तर, विषय विज्ञरहेका कर्मचारीहरूसमेत लापरबाह देखिनु देशकै दुर्भाग्य हो । 

सन् २०२० को अन्तिम सातामा क्रिसमस र ग्रेगोरियन नयाँ वर्ष मनाइँदै छ । नेपालमा युवा पुस्तामा क्रिसमसभन्दा पनि ग्रेगोरियन नयाँ वर्ष मनाउने रौस देखिँदै आएको छ । यी दुवै अवसरमा सहरी क्षेत्रमा हुने भिडभाडले कोभिड—१९ को संक्रमणको जोखिम बढाउनेछ । नागरिक नै गैरजिम्म्मेवार हुने हो भने त महामारी अनियन्त्रितरूपमा फैलने निश्चितै देखिन्छ । सरकारले त सायद अगिल्लो वर्षजस्तै बेवास्ता गर्नसक्छ तर जनसाधारण स्वयं संक्रमणको जोखिमप्रति सचेत हुनु आवश्यक देखिन्छ । विशेषगरी युवाहरूले एक वर्षको रमाइलोका लागि आफ्नो र आफ्ना प्रियजनको ज्यान जोखिममा पार्ने मूर्खता गर्नु हुँदैन । निषेध नगरे        पनि सरकारले यस विषयमा जजनसाधारणलाई सावधान गराउने सन्देश दिनु उचित हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC