बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
सम्पादकीय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सम्पादकीय किसान र उद्यमी दुवै मारमा !  उद्यमी र किसानको उठिवास लगाएर ल्याउन खोजिएको समृद्धि कस्को र कस्तो हो ?   
बाह्रखरी - बिहीबार, पुस २, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

‘माछालाई पनि जाडो हुने’ काठमाडौंको चिसोमा सातादिनदेखि आन्दोलन गरिरहेका उखु किसानहरूको समस्यामा गम्भीर ध्यान दिने रुचि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारका मन्त्रीहरूमा देखिएन । उनीहरू सबै शीर्ष भनिएका नेताहरूको सत्ताको लुछाचुँडीमा व्यस्त होलान् । उनीहरू निजामती कर्मचारीले सिकाएको निषेधका उपायले समस्या सुल्झिन्छ भन्ने भ्रममा चिनी कारखानाका व्यवस्थापकहरूलाई प्रहरी लगाएर पक्रने तरखरमा देखिन्छन् । पैसा नभएर किसानको बक्यौता भुक्तान दिन नसकेको भन्दै चिनी मिलका व्यवस्थापकहरू प्रहरीबाट जोगिन भाग्न थालेका छन् । रात रहे अग्राख पलाउने आशा तिनले गरेको हुनुपर्छ । उखु किसानहरू वर्षैपिच्छे चिनी मिलहरूले तिर्नुपर्ने बक्यौता भुक्तानी गराई माग्न राजधानीमा आएर आन्दोलन गर्ने, सरकार चिनी कारखानाका सञ्चालकहरूलाई प्रहरी लगाएर पक्रने धम्की दिने, सञ्चालक र प्रशासकहरूबीच वार्ता भएर केही रकम भुक्तानी पनि हुने चक्र केही वर्षदेखि चलिरहेको छ । उखु खेती गर्न भएको खर्चको रिन तिर्न नसकेर जमिनै बेच्नुपरेको पीडा कतिपय किसानले व्यक्त गरेका छन् । मन्त्रीले आन्दोलनका लागि काठमाडौं आएकाहरूलाई ‘बिचौलिया’ भनेको समाचार सार्वजनिक भएपछि किसानहरूले बढी नै चित्त दुखाएका छन् ।

केही दिन पहिले ‘अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज’ले विज्ञप्ति नै प्रकाशित गरेर उखु किसानको पैसा भुक्तान दिन नसकेकोमा माफी माग्दै ‘कारखाना नै बेचेर’ बक्यौता तिर्ने वाचा गरेको छ । उद्यमीले बक्यौता तिर्न कारखाना नै बेच्न पर्ने अवस्था उत्पन्न भएको हो भने यो पनि चिन्ताकै विषय हो । सरकारी संयन्त्रमा सधैँ नै जनतालाई नै दोषी देखाउने प्रवृत्ति छ यसैले मन्त्री वा कर्मचारीहरूले कसै न कसैलाई ‘खलपात्र’का रूपमा प्रस्तुत गर्छन् । अहिले कहिले किसानलाई बिचौलिया त कहिले व्यवसायीलाई अपराधी बनाउन खोज्नु यसैको उदाहरण हो । कुनै किसानले भौचर बेचेका र बिचौलियाले हत्याएका पनि हुनसक्छ । केही उद्यमीले पैसा हुँदाहुँदै पनि भुक्तानी दिन आलटाल गरेका होलान् । केही बिचौलिया आन्दोलनमा मिसिएर किसानलाई उत्तेजित बनाउन लागेका पनि हुनसक्छन् । तर सबै त खराब पक्कै छैनन् । सरकारले तिनलाई हेरेर ‘बियाँ’ भए केलाउन सक्नुपर्छ । अपराधी देखिए कानुनबमोजिम कारबाही गर्नु गराउनुपर्छ । तर, सबैभन्दा बढी विवेक प्रयोग गर्न सक्नुपर्छ । दुर्भाग्य, अहिले जनताका प्रतिनिधि भनिनेहरूमा सबैभन्दा धेरै अभाव यही विवेकको देखिएको छ ।

Agani Group

तराईमा घुर तापेर बस्ने बेलामा राजधानीको चिसोमा थुरथुर कामिरहेका किसानहरू प्रायः प्रदेश नम्बर २ का छन् । उखु किसानहरूको बक्यौताको समस्या पनि त्यही धेरै छ । प्रदेशमा पनि एउटा सरकार छ । प्रदेश २ को सरकार चलाउने जनता समाजवादी पार्टीका नेताहरू आफूलाई ‘मधेसी जनताका उद्धारक’ ठान्छन् । तर, प्रदेश २ को सरकारले जनताका वास्तविक समस्यामा कहिल्यै चासो देखाएको थाहा पाइएको छैन । केन्द्र सरकारमा कृषि विकास नामको मन्त्रालय छ र त्यहाँ मन्त्री पनि छन् । सडकमा आएका सिकानलाई सबैभन्दा पहिले त कृषिमन्त्रीले सम्बोधन गर्नुपर्थ्यो । उद्योग मन्त्रालय पनि छ । उद्यमीको हित हेर्नुपर्ने उद्योगमन्त्रीले हो । यी सबैभन्दा माथि देशका सबै जनताको संरक्षक बन्नुपर्ने राष्ट्रपतिले हो । मन्त्रीहरूको तहबाट समस्या समाधान नभए प्रधानमन्त्रीले यस्तो अन्याय र मानवीय पीडामा चासो राख्नुपर्ने हो । त्यसो त मुलुकमा सबैको साझा हुनुपर्ने राष्ट्रपति भन्ने संस्था पनि छ । विडम्बना, राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एउटा गुटकी नेतामा खसालेकी छन् । उनीबाट जनताका समस्याका कसैले कुनै अपेक्षा गर्नु नै सायद मूर्खता हुनेछ । 

देश पूरै ‘अन्धेर नगरी’ भइसकेको होइन भने किसान र उद्यमी दुवै पक्षको अहित नहुने र चित्त बुझ्ने समाधान खोज्न प्राथमिकता दिइयोस् । बिचौलियासँग मन्त्री र कर्मचारीको मिलोमतो नभए सरकारले दिने अनुदान किसानकै हातमा पर्ने विधि र संयन्त्र बनाउन गाह्रो नहुनुपर्ने हो । किसानले खेतीका लागि सयकडा ३६ रुपियाँको चोके ब्याजमा रिन काड्नुपर्ने अवस्थाले देशको आर्थिक प्रबन्धमा ठूलो त्रुटि रहेको देखाउँछ । यस्तो अवस्थाबाट कतै सत्तारुढ दलकै कार्यकर्ताले त लाभ लिइरहेका छैनन् ? नत्र, किसानलाई खाँचो परेका बेला उचित ब्याजदरमा रिन पाउने व्यवस्था मिलाउन स्थानीय तहदेखि प्रदेश र संघले पनि ध्यान दिनुपर्ने हो । त्यस्तै आफ्ना देशका उद्यमीलाई प्रतिस्पर्धामा उत्रेर उत्पादन विक्री गर्न सक्ने बनाउन संसारभर सरकारले सहयोग गरिरहेकै छन् । चिनी उद्योगमात्र अपवाद नहुनुपर्ने हो । उद्योग चलाउन नसकेर बेच्नुपर्ने हो भने मुलुकमा औद्योगीकरणको सपनै नदेखे हुन्छ । उद्यमी र किसानको उठिवास लगाएर ल्याउन खोजिएको समृद्धि कस्को र कस्तो हो ?   

sarbottam cement


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, पुस २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्