site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोदनाथ ढकालको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति निर्वाचित
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो । महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।

महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमल अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बने ।

Agni Group

महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।

यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य चयन भएका छन् । नाफिजले वरिष्ठ आर्थिक पत्रकारद्वय लभेष प्याकुरेल र विकास थापालाई आर्थिक पत्रकारिताका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्‍याएको भन्दै सम्मान पनि गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC