site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेलायतमा ९० वर्षकी महिलालाई कोभिड—१९ विरुद्धको खोप दिएर मंगलवार पहिलो ‘विश्वसनीय’ खोपको अभियान सुरु भएको छ । त्यसो त यसभन्दा पहिले नै रुस र चीनले पनि खोप दिन सुरु गरेको समाचार आइसकेको थियो । परन्तु, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रक्रिया र विधिहरू पूरा गरिएको पहिलो खोप भने बेलायतले प्रयोग गरेको फिजर—बायोएनटेकको खोप मानिएको छ । जेहोस्, अहिलेसम्म दुनियाँभरमा गरी १५ लाख ६० हजारभन्दा बढीको ज्यान लिने कोभिड—१९ को महामारीबाट जोगिने आशाको सञ्चार भएको छ । यद्यपि, नेपालमा खोप कहिले आउने र कसरी वितरण हुने भन्ने स्पष्ट जानकारी भने अझै पाइएको छैन । यसैले देशको विभिन्न क्षेत्रमा विशेष योगदान गरेका १० जना प्रबुद्ध नागरिकहरूले मंगलवार प्रेस विज्ञप्तिमार्फत सरकारसँग कोभिड—१९ को खोपको खरिद, आयात र वितरण पारदर्शी बनाउन माग गरेको हुनुपर्छ । 

नेपाली समाजका यी स्वनामधन्य प्रबुद्ध नागरिकहरूले खोपको विकासले आशा जगाएको सम्झाउँदै नेपालले आफैँ खोप बनाउने काम नगरेकाले यसको खरिद, आयात र वितरणको विषय महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा कोभिड—१९ को संकट सुरु भएका बेलातिर स्वास्थ्य सामग्रीको खरिदमा अव्यवस्था र अनियमितता भएजस्तै अवस्था दोहोरिए संकट झन् लामो हुने भन्दै सावधान पनि गराइएको छ । यसैले खोपको ‘‘छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न’’ सरकारलाई आग्रह गरेका छन् । प्रबुद्ध नागरिकहरूले भनेजस्तै सरकारले बेलैमा पारदर्र्शीरूपमा खोपको छनोट, खरिद र वितरणको प्रक्रिया सुरु गरेमा महामारी नियन्त्रणमा सहयोग त पुग्ने नै छ सरकार पनि विवादबाट जोगिनेछ । 

कोभिड—१९ को संक्रमण सुरु हुने बेलामा नेपालका मन्त्रीहरूले लामो समयसम्म महामारीको जोखिम नै स्वीकार गरेनन् । विपक्ष र जनस्वास्थ्यविद्हरूले गराएको सावधानीलाई ठाडै अस्वीकार गरे । पछि संक्रमणको जोखिम स्वीकार गरेपछि पनि सरकारी अधिकारीहरूले अकर्मण्यता देखाए । अनि त्यसपछि हतार हतारमा विधि र प्रक्रिया मिचेर सत्तारुढ दलका निकटका व्यक्तिलाई चिकित्सा सामग्री आपूर्तिको जिम्मा दिए । फलस्वरूप, सामग्रीको आपूर्ति समयमा हुनसकेन । अन्तर्राष्ट्रिय बजारमूल्यभन्दा धेरै बढी तिरियो । विश्व स्वास्थ्य संगठन र अरू मुलुकहरूले पनि अस्वीकृत गरेको कम गुणस्तरका परीक्षण सामग्री भित्र्याउने काम भयो । अर्थात्, महामारीको बहानामा राज्यको ढुकुटी दोहन गर्ने मौका छोपियो । अर्कातिर, संक्रमण नियन्त्रणको प्रयास सफल हुन सकेन । खोपका हकमा पनि त्यस्तै अवस्था नदोहोरियोस् भनेर प्रबुद्ध नागरिकहरूले बेलैमा सावधान गराएका छन् । खोप किन्दा पनि अनियमितता गर्नुछैन भने बेलैमा प्रक्रिया सुरु गर्न र त्यसलाई पारदर्शी बनाउन कोही पनि हिचकिचाउनु पर्ने देखिँदैन । सरकारले खोपका सम्बन्धमा सुझाव दिन समिति गठन गरिसकेका अब छनोट र खरिदको विधि र प्रक्रिया पारदर्शी गर्न ढिलाउनु हुँदैन ।       
      

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC