site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान मल्लसहित राष्ट्रिय टोलीका तीन खेलाडीलाई कोरोना संक्रमण 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको मंगलबार कोरोना परीक्षण गर्दा तीनजना खेलाडीलाई कोरोना देखिएको हो । 

कप्तान मल्लले बुधबार सामाजिक संञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बनाएका छन् । मल्लले आफूमा कोरोनाका कुनै पनि लक्षण नभएको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धेरै सावधानी अपनाउँदा पनि मलाई कोरोना संक्रमण देखिएको छ । मसँग सम्पर्कमा आउनु भएको सबैलाई सावधानी अपनाउन अग्रह गर्दछु । मलाई कोरोनाको कुनै पनि लक्षण छैन्,” मल्लले उल्लेख गरेका छन् । 

मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । क्रिकेट खेलाडीहरुले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्