site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘डिसेम्बर फल्स’मा आर्यन सिग्देल नायक, हिरोइनको खोजी हुँदै 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी चलचित्रमा आर्यन सिग्देल मुख्य भूमिकामा हुनेछन् । उनको अपाेजोटिमा रहने नायिकाको खोजी भइरहेको निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिएको छ ।  

आर्यनसँगै चलचित्र    मा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल,  नरेश भट्टराईलगायत कलाकारको अभिनय रहने छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । ‘डिसेम्बर फल्स’ को छायांकन छायांकार रबि नायडुले गर्नेछन् । 

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । 

आफूलाई चलचित्रको स्क्रिप्ट मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने, “यो फिल्मको स्क्रिप्ट र युनिट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।”

चलचित्र ०७८ सालको साउन १ गते प्रदर्शन हुने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्