site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो  

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ९० लाख ४ हजार ३६५ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

पछिल्लो २४ घण्टामा ४५ हजार ८८२ संक्रमित थपिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा ५८४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार १६२ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०७:०८
प्रतिक्रिया दिनुहोस्