site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
को हुन् २ प्रहरी हत्याका नाइके ? भारतमा पनि खोजी हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको गस्तीमा गएका बेला कात्तिक १ गते राति हत्या भयो । असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र  त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो ।

हत्यामा संलग्‍न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर हत्यामा संलग्‍न एकजना भने फरार छन् । प्रहरीले यो घटनामा सर्वाधिक खोजी गरेका पात्र हुन् धनगढी उपमहानगरपालिका १०, चकमलीका करिब ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना । घटनाको दिन सुरुमा उनैले प्रहरीमाथि आक्रमण गरेको खुलेको प्रहरी अधिकारी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) अनुपमशमशेर जबरा अभियुक्त रानाको खोजी भइरहेको बताउँछन् । उनले भने, “अब राना मात्रै पक्राउ पर्न बाँकी छन् । अनुसन्धानमा घटनामा उनको संलग्‍नता पाइएको छ । उनी भारतमा लुकेको सूचना छ । यसका लागि हामीले आवश्यक समन्वय गरिरहेका छौं ।”

उनको खोजीका लागि प्रहरीको टोली परिचालन भएको छ । राना भने घटना भएकै रातिदेखि फरार छन् । उनको खोजीका लागि कैलाली र कञ्‍चनपुरका थुप्रै स्थानमा छापा मारिसकिएको छ ।

Global Ime bank

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्‍न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

राना स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए । पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्‍न थिए । त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले प्रहरीको हत्या गरेको प्रहरी निष्कर्ष छ ।

धनगढी उपमहानगरपालिका १०, राना बस्तीको अन्तिम गाउँ चकमली हो । मोहना नदीनजिकै रहेको यही बस्तीबाट मोहना नदी भएर भारतीय गाउँ सलियापार र वनकट्टी अवैध सामान तस्करी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले अवैध सामान चकमलीमा जम्मा गर्ने र रातको समयमा भारत तस्करी गर्ने गरेको पाइएको प्रहरीका एक अधिकारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement