site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । आसन्‍न महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेका कारण सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सरेको हो ।  

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गते दिउँसो १ बजे बस्‍ने जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्‍ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पनि पार्टीमा जारी विवाद समाधानबारे सहमति नजुटेपछि शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्‍ने गरी स्थगित गरिएको थियो ।   

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro