site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चौरसिया हत्या प्रकरण : के अनुसन्धानमा प्रहरी चुकेकै हो ?

काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिकाको प्रसौनीभाठामा ६ कात्तिकमा नेकपाका दुई गुटबीचको झडपमा मुकेश चौरसियाको ज्यान गएपछि जिल्ला अशान्त भएको छ । हत्यारालाई कारबाहीको माग गर्दै दैनिक प्रदर्शन जारी छ ।

प्रहरीले हत्यामा संलग्‍न आरोपमा हनिफ अन्सारी र देवा सहनीलाई पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार घटनामा संलग्‍न अन्य चारजनाको खोजी जारी छ । तर नेकपाकै नेताहरुले भने प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष नगरेको आरोप लगाउँदै आएका छन् ।

कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथ कार्यक्रम थियो । सोही कार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको र सोही समूहले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिइए पनि प्रहरीले त्यसलाई दर्ता गरेको छैन ।

Dabur Nepal
NIC Asia

डीआईजी सिंह भन्छन्, “हामीले घटनास्थलको भिडियो हेरेका छौं । जसमा ६ जनाले आक्रमण गरेको देखिन्छ । भिडियोमा आफन्तले आरोपित गरेका राजकुमार गुप्ता छैनन् । यस्तोमा घटनास्थलमा नदेखिएका व्यक्तिका नाममा कसरी उजुरी लिनु । अनुसन्धानमा क्रममा उनको नाम पोलियो भने हामी गुप्ताविरुद्ध पनि अगाडि बढिहाल्छौं ।”

डीआईजी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको दिन गुप्ता कार्यक्रमस्थलभन्दा १० किलोमिटर टाढा देखिएका छन् । आफूहरु गहन अनुसन्धानमा रहेको डीआइजी सिंहको दाबी छ ।

प्रहरीले दुई पक्षबीच झडप भएकै दिन आठ जनालाई नियन्त्रणमा लिएको थियो । पछि उनीहरुलाई सोही राति छाडिएको थियो ।

देवा सहनी, हनिफ अन्सारीलाई गुप्ताकै घरबाट पक्राउ गरिएको हो । त्यसैले पनि पीडित पक्षले गुप्ताकै योजनामा हत्या भएको दाबी गरिरहेका छन् । पक्राउ परेका दुईजनाले आक्रमणमा आफूहरु संलग्न रहेको स्वीकारसमेत गरेको र प्रारम्भिक अनुसन्धानमा गुप्ताको संलग्‍नता नपाइएको प्रहरी दाबी छ ।

‘चौरसियाको हत्यारा जोगाउन संघीय सरकार नै सक्रिय छ’

यस्तै विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय सदस्यले माग गरेका छन् ।

स्थायी कमिटी सदस्य मातृका यादवसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ३७ केन्द्रीय सदस्यले हस्ताक्षर गर्दै वक्तव्य निकालेका हुन् । वक्तव्यमा ओली पक्षका कुनै पनि केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छैनन् ।

‘मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो, प्रहरीले जाहेरी लिनै मानेन’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro