site stats
बाह्रखरी :: Baahrakhari
खेल
इब्राहिमोभिचको गोलमा मिलान विजयी

एजेन्सी । ज्लाटन इब्राहिमोभिचको गोलमा एसी मिलान विजयी भएको छ । शनिबार राति भएको खेलमा इब्राहिमोभिचले गोल गर्दै मिलालले इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो । 

इन्टर मिलानको घरेलु मैदान सान सिरोमा भएको खेलमा एसी मिलानलाई जित दिलाउन इब्राहिमोभिचले दुई गोल गरेका थिए । इन्टर मिलानका लागि रोमेलु लुकाकुले एक गोल फर्काएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको १३ औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको १६ औं मिनेटमा इब्राहिमोभिचले राफेल लेओको पासमा गोल गर्दै एसी मिलानलाई २–० को अग्रता दिलाएका थिए । 

२९ औं मिनेटमा घरेलु टोलीले एक गोल फर्कायो । स्ट्राइकर लुकाकुले गोल गर्दै घरेलु टोली इन्टर मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसकेपछि खेल इसी मिलानले २–१ ले जितेको हो । 

जितसँगै एसी मिलान सिरीएका सुरुवाती चार खेलमा अपराजित रहँदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको इन्टर मिलानको ७ अंक छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्