site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संक्रमित भएकै नाममा कुनै अवसर र अधिकारबाट वञ्चित गर्नु अन्याय त हुँदै हो अमानवीय पनि हो । लोक सेवा आयोगले लिन लागेको परीक्षामा कोभिड—१९ संक्रमितहरू सहभागी हुन नदिने प्रावधान परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा उल्लेख भएको समाचार सार्वजनिक भएको छ । यो प्रावधानका कारण कोभिड–१९ संक्रमित र संक्रमितसँग संसर्ग भएका व्यक्तिहरूले आयोगले लिने परीक्षा दिन नपाउने भएका छन् । केही महिनादेखि बन्द रहेको लोक सेवाका परीक्षाहरू यही महिनाबाट सुरु हुने बताइएको छ ।  लोक सेवा आयागले राष्ट्रका लागि आवश्यक जनशक्ति छनोट र नियक्ति तथा बढुवाका लागि सिफारिस गर्छ । अहिलेसम्म लोक सेवा आयोग अपेक्षाकृत कम विवादमा परेको छ । 

नेपाली समाजमा अझै पनि सरकारी जागिरको आकर्षण बढी नै छ । यसैले बहुसंख्यक शिक्षित व्यक्तिहरूले लोक सेवाले लिने परीक्षाको तयारी गर्छन् । विशेषगरी निजामती सेवामा प्रवेश गर्ने मूल ढोका नै लोकसेवा आयोग लिने परीक्षा भएकाले धेरैले लामो समय लगाएर तयारी गरेका हुन्छन् । अर्थात्, लोक सेवाका परीक्षाहरूमा व्यक्तिको आकांक्षामात्र होइन भावनासमेत जोडिएको हुन्छ । सेवा प्रवेशका लागि उमेरको हद तोकिएकाले पनि लोक सेवाका परीक्षाहरू आकांक्षीहरूको जीवनमा बढी नै महत्त्वपूर्ण हुन्छन् । दुर्भाग्य, कोभिड—१९ संक्रमित र संक्रमितको संसर्गमा रहेकाहरूलाई परीक्षा दिन रोक्ने प्रावधान लागू गरेर लोक सेवा आयोगले मानवीय पक्षलाई बेवास्ता गरिएको देखियो । संक्रमण निज व्यक्तिको रहर वा चाहनाबाट भएको पक्कै होइन । राज्यले संक्रमण नियन्त्रण गर्न सकेको व्यक्ति संक्रमित हुने थिएन । कसैलाई निजले नगरेको कसुरमा सजाय दिनु प्राकृतिक न्यायको विरुद्ध हुन्छ ।

महामारीले भयावहरूप लिन लागेका बेला संक्रमण फैलने जोखिम बढाउनु गैरजिम्मेवार हुन्छ । यस्तै, लामो समयसम्म लोक सेवाका परीक्षाहरू रोक्न पनि मिल्दैन । यसैले लोक सेवा आयोगले संक्रमण नफैलने गरी आफूले लिने परीक्षाहरू सञ्चालन गर्न खोज्नु स्वाभाविकमात्र आवश्यक र उचित पनि हो । तर, यस क्रममा उमेरका कारण अर्को मौका नपाइने हुनाले पनि संक्रमित वा तिनको संसर्गमा आएका व्यक्तिले परीक्षा दिन नपाउने गरी बन्देज लगाइनु न्यायोचित हुँदैन । यस प्रावधानबाट सम्बन्धित व्यक्तिको भविष्य त अन्धकार बनाउनेछ नै राष्ट्र पनि योग्य व्यक्तिको सेवा पाउने अवसरबाट वञ्चित हुनसक्छ । अझ गम्भीर र महत्त्वपूर्ण विषय त व्यक्तिको समान अवसर पाउने संवैधानिक अधिकार हनन हुनु हो । यसैले संक्रमण रोक्ने विशेष उपाय अपनाएर पनि परीक्षामा सबै परीक्षार्थी सम्मिलित हुन पाउने व्यवस्था लोक सेवा आयोगले गर्नुपर्छ । विशेष परिस्थितिमा मानवीय दृष्टिकोणबाट पनि निर्णय गर्नुपर्छ । परीक्षामा सम्मिलित हुनबाट कुनै योग्य व्यक्ति संक्रमणकै कारण वञ्चित नहोऊन् ! 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC