बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना भाइरसलाई नजरअन्दाज गर्दै ट्रम्पले अस्पताल छाडे 
Godraj friday
Godraj friday
बाह्रखरी - मंगलबार, असोज २०, २०७७
Laxmi Bank
Laxmi Bank

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि उपचाररत् अवस्थामा रहेकै बेला नाटकीय रुपमा ह्‍वाइटहाउस फर्किएका छन् । यति मात्र नभएर उनले ह्‍वाइटहाउस पुग्‍नासाथै बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएर अभिवादन गरेका छन् । जहाँबाट उनले सबैलाई अभिवादन गरे यतिखेर त्यहाँका थुप्रै कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । 

यसअघि ट्रम्पले आफ्नो ट्‌विटमा ‘एकदमै राम्रो महसुस भइरहेको छ, कोभिडसँग कोही नडराऔँ, यसलाई हाम्रो जीवनमाथि हाबी हुन नदिऔँ’ भनेर लेखेका थिए । जबकि अमेरिकामा यतिबेला ७४ लाख कोभिडबाट संक्रमित छन् भने २ लाख १० हजाररको मृत्यु भइसकेको छ । यस्तोमा ट्रम्पले महामारीलाई कति गम्भीरतापूर्वक लिइरहेका छन् भन्‍ने अझै स्पष्ट हुन सकेको छैन । किनकि संक्रमित भएदेखि उनले थुप्रैपटक विवादास्पद बयान दिइरहेका छन् ।

Rohto Landing

Agani Group

साथै उनले अब केही समयमै चुनाव प्रचार अभियानमा फर्किने भनेर पनि ट्‍विट गरिसकेका छन् । ह्‍वाइटहाउसमा कसरी भाइरस यस्तो तीव्र रुपमा फैलियो भन्‍ने सञ्‍चारकर्मीहरुको प्रश्नलाई बेवास्ता गर्दै उनले सबैमाझ धन्यवादको अभिवादन गरेका हुन् । 

त्यस्तै ह्‍वाइटहाउसमा फर्किनासाथ उनले अर्को एउटा भिडियो पनि पोस्ट गरेर सबै अमेरिकीहरुलाई काममा फर्किन आग्रह गरेका हुन् । त्यसमा उनले भनेका छन्, “तपाईंहरुले पक्कै पनि यसलाई हराउनुहुनेछ । किनकि हामीसँग विश्वकै सबैभन्दा राम्रा मेडिकल उपकरणहरु छन् र अत्यन्तै प्रभावकारी औषधिहरु छन् जुन भर्खरै मात्र विकसित भएका हुन् ।” यति मात्र नभइ उनले आफू भाइरसबाट इम्युन भएको हुन सक्ने आधारविहीन दाबी पनि गरेका छन् । त्यस्तै खोपबारे उनले छिटै आउँछ भन्‍ने सन्देश दिएका हुन् । जबकि अमेरिकी रोग नियन्त्रण केन्द्रले, पर्याप्त रुपमा सबैतिर खोप उपलब्ध हुन अझै आगामी वर्षको मध्यतिरसम्म पर्खिनुपर्ने बताइरहेको छ ।

sarbottam cement

ह्‍वाइटहाउसका फिजिसियन, डाक्टर सिन कोलेले सोमबार दिउँसो ट्रम्प पूर्ण रुपमा भाइरसबाट उम्किसकेका छैनन् भन्‍ने जानकारी दिएका थिए । तर पनि उनको मेडिकल टिमले उनको अवस्थामा सुधार आइरहेकोबारे भने स्वीकार गरेको छ । उनलाई सुरक्षित रुपमा घर फर्किन पनि सहमति जनाएका हुन् जहाँ उनी चौबीस घण्टा विश्वस्तरीय मेडिकल केयरको रेखदेखमा हुने बताइएको छ ।

त्यस्तै ह्‍वाइटहाउस फर्किनुअगाडि ट्रम्पको रिपोर्ट नेगेटिभ आएको हो/होइन भन्ने प्रश्नमा चाहिँ डाक्टर कोन्लेले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै ट्रम्पको स्क्यान, निमोनियाँसम्बन्धी पनि विस्तृत जानकारी दिइएको छैन । 

फिजिसियन कोन्लेका अनुसार ट्रम्पलाई अझै पनि एन्टिभाइरल ‘रेमडेभिसिभिर’ सँगै ‘स्टेरोइड डेक्सामिथेसोन’ को डोज दिइराखिएको छ । उनलाई डिस्चार्ज अगाडि र ह्‍वाइटहाउस पुगेपछि पाचौंपटक अर्को डोज दिइने तय भएको बताइएको छ । त्यस्तै ट्रम्प अब चुनाव प्रचार अभियानमा भाग लिन सक्छन् भन्ने प्रश्नमा चाहिँ कोन्लेले यसबारे अझै विचार गर्नुपर्ने बताएका हुन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, असोज २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्