site stats
बाह्रखरी :: Baahrakhari
देश
१४९७ कोरोना संक्रमित थपिए, ४५७ जना डिस्चार्ज

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ४९७  संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४९७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । 

पछिल्लो २४ घण्टामा ४५७  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५६५ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर २८ जनाको  भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । 

शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार देशभर एक हजार ३२५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्‍न अस्पतालबाट ९६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 
 
सोमबार देशभर एक हजार १५४ कोरोना संक्रमित थपिएका थिए भने एक हजार जनालाई डिस्चार्ज गरिएको थियो । त्यसैगरी सोमबार सबैभन्दा बढी एकदिनमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

मंगलबार कोरोना भाइरसका एक हजार ३५६ संक्रमित थपिएका छन् भने ८२६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आउँदै मंगलबा २ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

बुधबार कोरोना भाइरसका एक हजार १७२ संक्रमित थपिएका छन् भने एक हजार ८९३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप सात जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्