site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चोरी भएका हिन्दु देवताका मूर्ति बेलायतमा फेला पर्‍यो 
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतको दक्षिणतर्फ रहेको एक मन्दिरबाट ४० वर्ष अगाडि काँसका केही मूर्तिहरु चोरी भएको थियो जुन अहिले मात्र बेलायतमा फेला परेपछि भारत सरकारलाई फिर्ता गरिएको छ ।  

चोरी भएका भगवान् राम, सिता अनि लक्समनका ती मूर्तिहरु १५ औँ शताब्दीमा बनेको तामिलनाडुको विजयनगर मन्दिरमा राखिएको थियो । कुनै समय विजयनगर विश्वकै सबैभन्दा महत्वपूर्ण व्यवसायिक केन्द्र रहेको मानिन्थ्यो र त्यसैबीच १९७८ मा ती मूर्तीहरु चोरी भएका हुन् । अहिले ती मूर्ति फिर्ता ल्याउनका लागि पनि विभिन्न जागरुक समुह, बेलायत र भारत दुुवै देशका पुलिस अनुसन्धान टोली अनि बेलायतमा रहेका भारतीय कूटनीतिज्ञहरुले धेरै संघर्ष गर्नुपरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चारवर्ष अगाडि चोरिएका मध्ये एउटा मूर्तिको तस्बिर एन्टिक सरसामान विक्री गर्ने बेलायती वेबसाइटमा देखा परेको थियो । त्यसैबेलादेखि आफ्नो सम्पदा फिर्ता ल्याउने काममा भारतबाट सबै जुटेका हुन् । गत वर्ष लन्डनमा रहेका अनुसन्धान समुहका स्वयमसेवकले सेलमा राखिएका ऐतिहासिक वस्तुको खोजी गर्दैगर्दा फरक ताज लगाइएको तर आफूहरुले खोजेजस्तै मूर्ती फेला पारेका थिए । त्यसपछि नै उनीहरुले बेलायतमा अवस्थित हाइ कमिसन अफ इन्डियाकहाँ पुगेर पुलिसलाई यसबारे जानकार गराए । 

यसलगत्तै पुलिसहरुले त्यसलाई विक्री गर्न विज्ञापन गरेको डिलरसँग सम्पर्क गरे मूर्ति भारतमा ल्याउने कानुनी प्रक्रिया सुरु गरेका हुन् । मूर्तीका साथै उनीहरुले १९९८ मा अरुपनि यस्तै अपराधमा संलग्न तीनजना पुरुषबारे पत्ता लगाएका छन् । 

Global Ime bank

ती मूर्तिहरु कलात्मक वस्तु नभएर पूजा एवम् प्रार्थना गर्नका लागि बनाइएको हुनाले पनि सबै हिन्दुहरुका लागि सो सम्पदा अति बहुमूल्य मानिएको थियो । ४० वर्ष अगाडि, त्यो समयमा मूर्तिलाई भारतबाट बेलायतसम्म कसरी तस्करी गरियो भन्ने चाहिँ अझै रहस्यमयी भएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC