site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा जुम्लाका प्रशिक्षक तलब खान्छन्, प्रशिक्षण दिँदैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक जिल्ला फुटबल संघमा प्रशिक्षक पठाएको छ । हरेक जिल्लामा खेलाडीको खेल क्षमता वृद्धि र खेलाडी उत्पादन गर्न एन्फा मातहातमा रहेका जिल्ला फुटबल संघहरूमा प्रशिक्षकहरू छन् । त्यसमध्ये केही जिल्ला फुटबल संघका प्रशिक्षकहरूले एन्फाबाट तलब लिन्छन् तर प्रशिक्षण भने गराउँदैनन् ।

एन्फा जुम्लामा पनि हाल एकजना प्रशिक्षक कार्यरत छन् । जुम्लामा कार्यरत प्रशिक्षक अर्जुन महतले २०७० सालमा एन्फाबाट नियुक्ति लिए पनि उनले हालसम्म प्रशिक्षण भने गराएका छैनन् । अझ भनौं जुम्ला जिल्ला फुटबल संघमा कार्यरत उनी अहिले आफ्नो जागिरको सिलसिलामा जिल्लाबाहिर छन् । उनी एक निजी बैंकमा कार्यरत छन् ।

नियुक्ति लिएको वर्षदेखि नै प्रशिक्षण नगराएका उनले एन्फाबाट मासिक रुपमा तलब भने लिइरहेका छन् । ‘ग्रासरुट लेभल’ बाट खेलाडी उत्पादन गर्ने लक्ष्यमा हरेक वर्ष एन्फाले जिल्ला फुटबल संघहरूलाई रकम पठाउन्छ । केही जिल्ला फुटबल संघहरूले वार्षिक रुपमा एक-दुईवटा खेल प्रतियोगिता गरेर रकम सक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही खेल प्रतियोगितामा कहिले-काहीं प्रशिक्षक महत देखापर्छन् । तर, खेलाडी उत्पादनका लागि कुनै पनि प्रशिक्षण दिनका लागि उनी जिल्ला पुग्दैनन् । खेलाडी उत्पादनका हिसाबमा प्रचुर सम्भावना रहेको जिल्लामा एक त फुटबल प्रतियोगिता नहुने र एन्फाले खटाएका प्रशिक्षकले काम नगर्दा दिँदा खेलाडी उत्पादनमा असहज हुने एन्फा जुम्लाका अध्यक्ष भरत बुडथापाले भने ।

“जिल्लामा महिला तथा पुरुष खेलाडी उत्पादनका लागि राम्रो सम्भावना छ । महिला खेलाडी पनि लामो समयदेखि प्रशिक्षणका लागि तयारी गरिरहेका छन् । पुरुष टिम पनि प्रशिक्षणको लागि पर्खाइमा छ । तर, कुनै पनि प्रकारको प्रशिक्षण भने हुन सकेको छैन । विशेष गरी ‘ग्रासरुट लेभल’ मा प्रशिक्षणको आवश्यकता छ । एन्फा जुम्लबाट ७ वर्षअघि प्रशिक्षणका लागि नियुक्ति लिएका उनी हाल जिल्लाबाहिर जागिरे छन् । तर, एन्फाबाट तलब पनि खाइरहेका छन्,” अध्यक्ष बुडथापाले बाह्रखरीसँगको कुराकानीमा भने ।

Global Ime bank

एन्फाबाट जिल्लाका प्रशिक्षकको विषयमा लामो समयपछि छलफल गर्दा भने एन्फा जुम्लाले गत साउनमा लिखित जवाफ दिन निर्देशनसहितको पत्र पठाएको थियो । तर, महतले हालसम्म कुनै पनि जवाफ दिएका छैनन् । उनी अध्यक्ष बुडथापाको फोन पनि उठाउँदैनन् । कुनैबेला महतले एन्फा जुम्ला अध्यक्षलाई फोन गर्दै पुनः फर्कन चाहेको बताए पनि हालसम्म अत्तोपत्तो नभएको बुडथापा बताउँछन् ।

“हामीले पटक-पटक प्रशिक्षणका लागि दबाब दिँदै आएका छौं । प्रशिक्षकको तलब सीधैं बैंक खातामा आउने भएकाले हामीले रोक्न सकिने अवस्था पनि छैन । प्रशिक्षक महतलाई हामीले हालसम्म प्रशिक्षण नगराउनुको कारण लिखित रुपमा जवाफ दिन पत्र पठाएका छौं तर जवाफ आएको छैन,” उनले भने ।

यता जुम्लामा रहेको घोगेसिम फुटबल क्लबका खेलाडी अक्कल हमालले हालसम्म कुनै प्रशिक्षण नभएको बताए । उनले खेलाडीलाई प्रशिक्षणको आवश्यकता छ भन्दा पनि एन्फा जुम्लाले हालसम्म कुनै किसिमको जवाफ नदिएको र प्रशिक्षक पनि सहभागी नभएको उनले बताए ।

“एक त जिल्लामा कमै फुटबल गतिविधि हुन्छन् । त्यसमाथि न कुनै प्रशिक्षण हुन्छ खेल सामग्री छन् । आफ्नै लगानीले क्लबका तर्फबाट खेल खेल्छौं,’’ हमालले भने, ‘‘खेल सामग्री पनि स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा राम्रो खेलाडी उत्पादन गर्ने योजना सफल हुँदैन ।”

यता प्रशिक्षक महत आफूले मासिक रुपमा तलब पाइरहेको स्वीकार्छन् । जिल्लाका खेलाडी, जिल्ला फुटबल संघले प्रशिक्षण नगराएको भने पनि आफूले सुरुवाती समयमा प्रशिक्षण गराएको उनको दाबी छ । जिल्लाबाहिर बैंकको जागिरको सिलसिलामा आए पनि पुनः आफ्नो पेसामा फर्कने उनले बताए ।

“मैले मासिक रुपमा तलब खाएको छु । खेलाडीलाई केही समय प्रशिक्षण पनि दिएको छु । अहिले जिल्लाबाहिर आएको हुनाले प्रशिक्षण रोकिएको हो,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC