देश
काठमाडौं । काठमाडौंको बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । आज बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्न तरकारी बजारको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्याजको मूल्य एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ १२:४५
प्रतिक्रिया दिनुहोस्