site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रिमियर लिगका ४ खेलाडीमा कोरोना पुष्टि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । प्रिमियर लिग फुटबलका चार खेलाडीमा कोरोना भाइरसको पुष्टि भएको छ । प्रिमियर लिगका खेलाडी तथा कर्मचारीहरुमा पछिल्लो चरणको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रिमियर लिग फुटबल शनिबार रातिबाट सुरु भएको थियो । लिगमा सोमबारसम्म २१ सय ३१ खेलाडी तथा कर्मचारीको परीक्षण गरिएको थियो । 

जसमा चार खेलाडीमा कोरोना पुष्टि भएको लिगले विज्ञप्तिमार्फत जनाएको छ । क्लब र व्यक्तिका विषयमा लिगले जानकारी दिएको छैन । कोरोना संक्रमण देखिएको खेलाडी तथा कर्मचारीले १० दिनसम्म सेल्फ आइसोलेसनमा बस्‍नुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्