site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य मन्त्रालय भन्छ– नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै, बाँकीमा थियो कोरोनाबाहेकका रोग ! 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस  (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।

प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु भएको छ । उनीहरुको उमेर समूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले कोभिड १९ कै कारण मृत्यु भएको थियो । अन्य  व्यक्तिहरुमा कोभिड १९ सँगै पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।

Agni Group

स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ । 

कोरोनाले मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथिका

Global Ime bank

नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) का कारण २२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथि उमेर समूहका छन् । नेपालमा कुल संक्रमितमा ०.५८ प्रतिशत मृत्यु दर देखिएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्युको तथ्यांक हेर्दा सबैभन्दा बढी ५० वर्षभन्दा माथिकै व्यक्ति छन् । साथै उनीहरुमा अन्य विभिन्‍न दीर्घरोगसमेत रहेको अधिकारीले बताए ।  उनले भने, “विभिन्‍न स्वास्थ्यमा कुनै पनि समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा कोरोना संक्रमणले बढी असर गरेको छ ।” 

कोरोनाबाट ज्यान गुमाउनेमा १६५ पुरुष, ५७ जना महिला तथा तीन बालिका र तीन बालक गरी २२८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।

कुन उमेर समूहका कतिले ज्यान गुमाए ?

नेपालमा कोभिड १९ का कारण ४९ दिनको शिशुदेखि १०८ वर्षका ज्‍येष्ठको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै ४९ दिनको शिशुदेखि १८ वर्ष उमेर समूहका आठ बालबालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन कुल मृत्युको ३.५० प्रतिशत हो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ती बालकमा जन्मनेबित्तिकै मिर्गौलाको समस्या देखिएको थियो ।

यस्तै, १९ देखि ३० वर्ष उमेर समूहका १७ जनाले कोरोनाका कारण गुमाएका छन् । जुन मृत्युको ७.४६ प्रतिशत हो । 

३१ देखि ४० वर्ष उमेर समूहका २१ जनाको मृत्यु भएको छ यो कुल मृत्युको ९.२१ प्रतिशत हो । ४१ देखि ५० वर्ष उमेर समूहका ४४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो कुल मृत्युको  १९.२९ प्रतिशत हो ।

यस्तै ५० वर्षभन्दा माथि उमेर समूहका सबैभन्दा बढी १३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो कुल मृत्युको ६०.५२ प्रतिशत हो । नेपालमा ५० वर्षभन्दा माथिका मृत्यु हुने अधिकांशमा दीर्घकालीन स्वास्थ्य समस्या रहेको मन्‍त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कतिले ज्यान गुमाए ?

देशगत रूपमा कोरोनाका कारण मृत्यु हुनेको तथ्याकं हेर्दा सबैभन्दा बढी प्रदेश २ मा देखिन्छ । जसमा ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त जिल्लाको पर्सामा मात्र ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । सोही प्रदेशको बारामा १२ जनाले र धनुषामा पनि १२ जनाले नै कोरोनाका कारण मृत्यु भएको छ । भने अन्य जिल्लामा मृत्युको दोहोरो अंक छैन । 

कोरोनाका कारण वाग्मती प्रदेशमा  ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ का कारण ३५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये काठमाडौंमा २१ जना भक्तपुरमा आठजना र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंमा कोरोनाबाट ज्यान गुमाउनेमा महिला नौजना छन् । उनीहरु ४१ वर्षदेखि ७८ वर्ष उमेर समूहका छन् । पुरुष  १२ जना छन् । उनीहरु ४८ देखि ९४ वर्ष उमेर समूहका छन् । मंगलबार दिउँसोसम्म काठमाडौंमा चार हजार ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित चार हजार ९६ जना छन् ।
भक्तपुरमा भदौ १६ गतेसम्म ५१७ जनामा कोरोना देखिएको छ भने सक्रिय संक्रमित ३८१ जना छन् । भक्तपुरमै चार महिला र चार पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । ललितपुरमा ६ जनाको मृत्यु भएकामा पुरुष पाँचजना र एक महिला छन् । भदौ १६ गते दिउँसोसम्म ललितपुरमा ६८५ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित ६०९ छन् ।

नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

यसैगरी, प्रदेश १ मा ३७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने सबैभन्दा बढी मोरङका  १३ जनाको मृत्यु भएको छ ।  प्रदेश ५ मा  ३२ जना, गण्डकी प्रदेशमा १२ जना,  सुदूरपश्चिम प्रदेशमा १० जना र कर्णाली प्रदेशमा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC