site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निषेधाज्ञामा रोकिएन तिज, मर्काइयो कम्मर (फोटो फिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । हिन्दु नारीको महान् पर्व तिज यस वर्ष कोरोना संक्रमणले प्रभावित बन्यो । तर पनि आफ्नै टोल-घरमा भने महिलाहरुले मज्जैले कम्मर मर्काएर तिज गीतमा नाचगान गरेका छन् ।

उसो त राजधानी उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ । राजधानीका महिलाहरु भने आफ्नै टोलमा भेला भएर तिज गीतमा नाचगान भने गरेका छन् । उनीहरुले सुरक्षित तवरबाट तिज पर्व मनाएको बताएका छन् ।

हिन्दु नारीले हरेक वर्ष पानीसमेत नखाएर तिजमा उपवास बस्‍ने गर्छन् । तिजमा भगवान शिवको आराधना गर्नुका साथै नाचगान गरेर मनोरञ्‍जनसमेत गरिन्छ । हिन्दु अविवाहित नारीहरुले असल पतिको कामना गर्दै र विवाहितले पति तथा परिवारको दीर्घायुको कामना गर्दै उपवास बस्‍ने चलन छ । कोरोना कहरकै कारण देशभरका शिवालयहरु भने नित्य पूजाबाहेक बन्द रहे । शिवालयमा फाट्टफुट्ट व्रतालु महिलाहरु पुगे पनि बन्द हुँदा बाहिरैबाट दर्शन गरी फर्किन बाध्य थिएा ।

Agni Group

अघिल्ला वर्षहरु झैं यस वर्ष तड्कभडकका साथ तिज नमनाए पनि टोल-टोलका घरहरूमा तिजको रौनक मज्जैले लागेको देख्‍न सकिन्छ । यस्तै केहीले त सामाजिक सन्‍जालका भित्ताहरुमा तिज मनाएका तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेको देख्‍न सकिन्छ । यसैबीच काठमाडौं शान्तिनगरको मिलिजुली चोकमा केही महिलाहरुले यसरी तिजमा कम्मर मर्काएका छन् । हेरौं थप तस्बिर :

Global Ime bank

तिजमा सुनसान शिवालय (फोटो फिचर )

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC