site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बैंकका कर्मचारीको पीसीआर जाँच र संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सरकारले नबेहोर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै सबै खर्च सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्ने जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार सूचना प्रकाशन गर्दै कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने र सोको उपचार खर्च संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख छ । यस्तै संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई पनि आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्‍न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च पनि बैक तथा वित्तीय संस्थाले व्यहोर्नु पर्नेछ ।

Agni Group

यसरी आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कदा पीसीआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था गर्नु पर्नेछ ।

राष्ट्र बैंकको सूचनामा दुई सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालोमा कार्यसम्पादन गराउन निर्देशन गरेको छ । 

Global Ime bank

बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने, सो अवधिको हाजिरी हुने व्यवस्था गर्नुपर्ने र उनीहरुलाई पुरै तलब दिनुपर्नेछ । घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र वोर्क फ्रम होम उल्लेख गरी हाजिरी गराउन राष्ट्र बैंकले भनेको छ ।

कोभिड–१९ जोखिम दिनानुदिन बढ्दै गएको हुँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत कार्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले दिएको छ । 

जसअनुसार कार्यालयबाटै सेवा दिने कर्मचारी र सेवाग्राहीको न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने र सोमा आवश्यक सामाग्रीहरु बैंकले अनिवार्य रुपमा राख्न राष्ट्र बैंकको निर्देशन छ । बैंक तथ वित्तीय संस्थाले कोभिड–१९ सम्बन्धी सिर्जित समस्या समाधानका लागि एक कोभिड–१९ सुरक्षा व्यवस्थापन बनाउनु पर्ने सूचनामा उल्लेख छ ।

उल्लखित व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाले अनिवार्य गर्नु पर्नेछ र सोसम्बन्धि बैंकको निर्णय र आन्तरिक परिपत्र भोलिसम्ममा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC