site stats
बाह्रखरी :: Baahrakhari
विशेष
स्वाब संकलन गर्न दिने तर केही नभएजस्तो गरेर सबैतिर हिँड्ने ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब संलकन गराएका व्यक्तिहरु रिपोर्ट सार्वजनिक नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना जारी गर्दै भनेका छन्, “तपाईँ हामी सबै कोभिड १९ को संक्रमणको जोखिममा हुनसक्ने भएकोले परीक्षणका लागि नमुना दिने तर केही नभएजस्तो गरेर सबैतिर हिँडडुल, भेटघाट तथा जनसम्पर्कमा आउनेजस्ता व्यवहार गर्नाले अन्य व्यक्तिहश्रलाई संक्रमण हुने वा अन्य व्यक्तिबाट तपाइँ हामीलाई नै संक्रमण हुन सक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले शंका नलागेका व्यक्तिले परीक्षण नगराउन र शंका लागेरै परीक्षण गराउनेहरुले रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नआई अलग्गिएर बसीदिनुहुन उनले आग्रह गरेका छन् ।

कोरोना संक्रमणको नतिजा आइसकेपछि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जानकारी गराउन, उनीहरुको निगरानी बढाउन र परीक्षणका लागि सहयोग गर्न र संक्रमण रोक्न भूमिका खेल्न सबैमा अनुरोध गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्