site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्सा जारी भएपछि पहिलोपटक नेपाल-भारतबीच छलफलको तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको आफ्नो भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि पहिलो पटक नेपाल-भारतका प्रतिनिधिबीच छलफल हुने भएको छ ।

लामो समयदेखि नक्साको विषयलाई लिएर दुई मुलुकबीचको सम्बन्धमा समस्या सिर्जना भएको थियो । तर, स्थितिलाई सहज बनाउँदै लैजाने उद्देश्य अनुरुप नेपालका लागि भारतीय राजदूत वियन मोहन क्‍वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच छलफल हुने भएको हो । उक्त छलफल परराष्ट्र मन्त्रालयमा हुने भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्‌यालले भने, "नेपाल-भारतबीचमा भारतको सहयोगमा सञ्‍चालित परियोजनाहरुको प्रगति समीक्षा गर्ने 'ओभर-साइट मेगानिज्‌म' छ । त्यो दुबै मुलुकको प्रतिनिधिहरु हुनुहुन्छ । त्यो संयन्त्रको छलफल गर्ने भन्‍ने कुराकानी भइरहेको छ । कहिले के हुन्छ भनेर मिति तय भइसकेको छैन ।" 

नेपालका लागि भारतीय दूतावास स्रोतले भने अगस्त १७ का लागि तय भएको जनाएको छ । स्रोतले भन्‍यो, "अगस्त १७ मा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुँदैछ । बैठकमा भारतको लगानीमा सञ्‍चालनमा रहेका विभिन्‍न परियोजनाको मूल्यांकन र समीक्षा हुनेछ ।"

Global Ime bank

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने तय गरिएको जनाइएको छ । परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्‌घाटन गरेपछिको अवस्था र नेपालको विमति रहेको जानकारी गराउन परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय राजदूत क्‍वात्राबीच छलफल भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC