site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा ८ जनाको मृत्यु 

नयाँ दिल्ली । भारतमा कोभिड-१९ अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । 

भारतको पश्‍चिमी सहर अहमदावादमा रहेको कोभिड अस्पतालमा बिहीबार आगलगाी हुँदा सीसीयूमा रहेका आठजनाको मृत्यु भएको हो । 

फायर डिपार्टमेन्टका वरिष्ठ अधिकारी राजेश भाटले सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटमा आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"ती स्टाफ आत्तिएर क्रिटिकल केयर युनिटबाट भाग्‍न खोज्दा आगो फैलिएको हो," उनले भने । 

प्रहरीले अस्पतालका एक निर्देशकलाई नियन्त्रणमा लिएको छ भने अनुसन्धान सुरु भएको छ । उक्त घटना स्थानीय समय अनुसार बिहान ३ बजे भएको हो । 

भाटले भने करिब एक घण्टामै आगो नियन्त्रणमा लिएको अस्पतालका ४० जना बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो । 

उनले कोरोना संक्रमितको सम्पर्कमा रहेका आफू र आफ्ना सहकर्मीहरु क्‍वारेन्टिनमा गएको बताएका छन् । 

तीनपटक गुजरातका मुख्यमन्त्री भइसकेका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, "पीडितका परिवारलाई प्रशासनिक सहयोग उपलब्ध गराइने बताएका छन् ।" 

हालका मुख्यमन्त्री विजय रुपानीले पनि उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्‍जली अपर्ण गर्दै घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । -बीबीसी 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १५:३६
प्रतिक्रिया दिनुहोस्