site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । 
    
समितिको आज बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता देवी गिरी सदस्य हुनुहुन्छ । समितिलाई नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार केही नेटवर्किङ व्यवसायलाई अनुमति दिएको छ । 

नेटवर्किङ व्यवसायका कानूनी हैसियतका बारेमा प्रश्न उठेपछि समितिले वास्तविकता पत्ता लगाउन उपसमित गठन गरेको हो । नेटवर्किङ व्यवसायको नाममा फेरि पनि उपभोक्ता ठगिन सक्ने सम्भावना बढेको सरोकारवालाले जिकिर गरेका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC