site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राजनराज र मिलनको ‘तिमी उता म यता...’ सार्वजनिक

काठमाडौं । संगीतकार तथा गायक राजनराज शिवाकोटीको अभिनय रहेको गीत ‘तिमी उता म यता...’ सार्वजनिक गरिएको छ । 

आज सार्वजनिक गरिएको ‘तिमी उता म यता...’ गीतमा शब्द तथा संगीत राजनराज शिवकोटीको छ भने स्वर पनि उनकै छ । युगल गायनमा मिलन नेवारले साथ दिएकी छिन् ।  

गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका हुन् । बाल कलाकारको रुपमा राजनराजकी छोरी आरिश्मा शिवकोटीले अभिनय गरेकी छिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पहिलोपटक अभिनय गरेको छु, दर्शकको कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,” राजनराज भन्छन्, “मेरो गीत संगीतलाई जस्तै भिडियोमा पनि माया पाउने अपेक्षा गरेको छु ।”

“मिलन जि सहित उहाँहरुको समूहले अभिनय पनि गायक गायिकाले नै गरौं भन्नुभयो । म अभिनय गरिरहेको व्यक्ति नभएकाले कस्तो भयो त्यो त थाहा छैन तर यो अवसर र विश्वासका लागि मिलन जिप्रति आभारी छु,” उनी भन्छन् ।
भिडियो केही दिनअघि दक्षिणकाली रिसोर्टमा छायांकन गरिएको हो । 

प्रेमिल गीतमा लामो समयसम्म भेटघाट हुन नपाउँदाको छटपटीलाई व्यक्त गरिएको छ । 

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् ।

‘चरिले काफल टिप्यो...’, ‘ठेकीमा दही...’, ‘गुलेलीले हान्दिउँकी...’ राजनराज र मिलनको युगल स्वरमा रहेका लोकप्रिय गीत हुन् ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्