site stats
बाह्रखरी :: Baahrakhari
खेल
तनाबग्रस्त खेलमा मिलानको संघर्षपूर्ण जित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति पर्माको घरेलु मैदानमा भएको तनाब ग्रस्त खेलमा मिलानले २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफमा घरेलु टोलिले १-० गोलको अग्रता बनाउँदा दोस्रो हाफमा भने दुबै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको १५ औं मिनेटमा गार्भिन्होले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर खेलको ७५ औं मिनेटमा टोमासो बेर्निले रातो कार्ड खाँदै मैदानबाहिर पछि पाहुना टोली मिलान १० खेलाडीमा समेटिएको थियो । त्यसको आठ मिनेट नबित्दै घरेलु टोली पर्मा पनि १० खेलाडीमा समेटिन पुग्यो ।

८३ औं मिनेटमा जुराक कुच्काले रातो कार्ड पाएपछि पर्मा पनि दस खेलाडीमा समेटिएको हो । ८४ औं मिनेटमा मार्टिनेजको पासमा स्टेफन डे भ्रीजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै एलेससान्द्रो बास्टोनिले मोसेसको पासमा गोल गर्दै मिलानलाई २-१ गोलको जित दिलाए ।

यस जितसँगै मिलान २८ खेलबाट ६१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा यथावत छ । पराजित पर्मा भने ३९ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०७:०४
प्रतिक्रिया दिनुहोस्