site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेरी माता
Ghorahi CementGhorahi Cement

मेरी माता
(संस्मरण : मदनमणि दीक्षित)
साहित्यकार मदनमणि दीक्षितले आफ्ना विचार र साहित्यको माध्यमबाट करोडौं अक्षर पाठकका लागि सुम्पिए । उनको पुस्तक मात्रै ४० वटाभन्दा बढी रहेको छ । उनै स्रष्टा दीक्षितको पछिल्लो कृति हो ‘मेरी माता’ ।

आफ्नो भनाइको प्रारम्भमा नै साहित्यकार दीक्षितले उल्लेख गरेका छन्, ‘माता भूमि पुत्रोऽहं पृथिव्याः ।’ उनी लेख्छन् ‘ऋग्वेदको उपर्युक्त पङ्क्तिले अथ्र्याउँछ, कुनै पनि मानिसको जीवनमा माता, आमाको कति ठूलो महत्व हुन्छ ।’
आफ्नी आमासँग जोडिएका अनेक सम्झना प्राज्ञिक व्यक्तित्व मदनमणिले ‘मेरी माता’ संस्मरणात्मक पुस्तकमा समेटेका छन् । आमासँग जोडिएका प्रसङ्ग पुस्तकमा प्रस्तुत गर्नु सजिलो देखिए पनि लेख्न कठिन हुने मानिन्छ । तर कठिन

भए पनि आमाका विषयमा लेख्दा हरेक स्रष्टाले मनबाट लेख्छन् । र, साहित्यकार मदनमणिले पनि यस पुस्तकमा आफ्ना कुरा मनले लेखेका छन् ।

Agni Group

एउटा प्रसङ्ग सुरुमै छ । वाल्मिकी रामायणको एउटा श्लोक आमाकी दिदीले आफूलाई बनारसमा सिकाएको र आफू १८ महिनाको हुँदै उक्त श्लोक भट्याएको सन्दर्भ उनले पुस्तकमा उल्लेख गरेका छन् । उनले भट्याएको श्लोक थियो :
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वती समा ।
यत् क्रौन्चामिथुनादेकमवधीः काममोहितम् ।।

यस्ता अनेक रोचक संस्मरणहरूको सँगालो हो, मदनमणिको ‘मेरी माता’ । यस पुस्तकले पाठकलाई संस्मरणको रसपान त गराउँछ नै, साथै केही वैदिककालीन कुराको जानकारी पनि दिन्छ ।

Global Ime bank

नौ भागमा दीक्षितले आमासँग जोडिएका संस्मरणहरू यस पुस्तकमा प्रस्तुत गरेका छन् । मञ्जरी पब्लिकेसनद्वारा प्रकाशित १५२ पृष्ठको यस किताबको मूल्य २२५ रुपैयाँ तोकिएको छ । 

भ्रम र यथार्थ
(कथा : ज्ञानबहादुर थापा ‘बगाले’)
साहित्यकार ज्ञानबहादुर थापा ‘बगाले’ वर्मा (म्यानमा)मा बसेर नेपाली साहित्य सिर्जना गर्छन् । थापाको नेपाली कथासङ्ग्रह ‘भ्रम र यथार्थ’ लकडाउनको ठीक केही दिनअघि बजारमा आएको हो । 

थापा नेपाली साहित्यमा मात्रै सक्रिय छैनन्, उनको सम्बन्ध र सरोकार म्यानमामा रहेका नेपाली मूलका लाखौं मानिसका लागि नेपाली भाषाको पठन–पाठन तथा शिक्षादीक्षामा पनि रहेको छ । 

म्यानमा मोगोकका बासिन्दा भाषासेवी ज्ञानबहादुर थापा बगाले त्यहाँको केन्द्रीय शिक्षा विभाग प्रमुख हुन् र उनी त्यहाँ नेपाली भाषाको विकास तथा विस्तारका लागि क्रियाशील छन् । यी बर्मेली नेपाली साहित्यकार थापाका ‘भ्रम र यथार्थ’ अघि पनि ६ वटा कृति सार्वजनिक भइसकेको छ । उनको एउटा सहलेखनमा रहेको निबन्धसङ्ग्रह, अन्य दुईवटा निबन्धसङ्ग्रह र ३ वटा कथासङ्ग्रह प्रकाशित भइसकेको छ । 

विगत केही महिनायता नेपालमै रहेर साहित्यिक कार्यक्रममा सहभागी हुँदैआएका छन् । बर्मामा दशकौंदेखि बसोबास गर्दैआएका नेपालीको कथाव्यथा ‘भ्रम र यथार्थ’मा सङ्गृहित २० कथाहरुमा समेटिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको १३८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपैयाँ राखिएको छ ।

मियो 
(गजल : हरि थापा)
हरि थापा कथासँगै नियात्रा (उनी स–यात्रा भन्छन्)मा पनि कलम चलाउँछन् । तर पछिल्लो समयमा उनको एउटा गजलसङ्ग्रह प्रकाशनमा आएको छ, ‘मियो’ नामबाट ।

यसअघि दुई वटा कथासङ्ग्रह, दुई नियात्रासङ्ग्रह प्रकाशनमा ल्याइसकेका हरि थापाको लघुकथासङ्ग्रह पनि बजारमा आइसकेको छ । अमेरिकामा बस्दै आएका थापालाई एउटा कार्यक्रममा बोलाइएको थियो । सो कार्यक्रमा उपस्थित नेपाली कविहरूले गजल वाचन गरे । त्यसपछि थापालाई पनि गजल लेख्ने जाँगर चलेर गएको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

‘मियो’ शीर्षकको यस गजलसङ्ग्रहमा उनका कूल ९२ वटा गजल समेटिएका छन् । यी गजलहरूमा राष्ट्र प्रेम, शृङ्गारिकता, जीवन, प्रकृति र मायाप्रेमलगायत विषय छन् ।

शब्दार्थ प्रकाशनले बजारमा ल्याएका् १०० पृष्ठको यस कृतिको मूल्य २२५ तोकिएको छ ।

उडान
(गजल : डा. कृष्णजङ्ग राणा)
बितेको केही वर्षदेखि गजल लेखन तथा वाचनमा क्रियाशील रहँदै आएका चिकित्सक हुन् डा. कृष्णजङ्ग राणा । ८६ वर्षको उमेरमा पनि उनी गजल लेखन र वाचनमा उत्तिक्कै रमाउँछन् । उनले गजल वाचन गर्दा जहिले पनि तरन्नुम (लयमा) गाउँदै आएका छन् ।

गजलमा रमाउने डा. राणाको हिन्दी गजलसङ्ग्रह हो, ‘उडान’ । जसमा उनले ८२ वटा गजल पस्केका छन् । यसअघि पनि उनको ६ वटा नेपाली गजलसङ्ग्रह प्रकाशित भइसकेको छ भने केही हिन्दी गजलसङ्ग्रह पनि प्रकाशित छ । 
सन् १९७२मा पहिलो कवितासङ्ग्रह प्रकाशित गरेका डा. राणाको कविता, गीत, गजल गरेर १८ वटा पुस्तक प्रकाशित छन् ।

महफिल–ए–काव्य उपासनाद्वारा प्रकाशित १०४ पृष्ठको यस हिन्दी गजलसङ्ग्रह ‘उडान’को मूल्य सय रुपैयाँ राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC