site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ठूला उद्योग सञ्चालन गर्न दिने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । करिब दुई महिनादेखि निरन्तरको लकडाउनका कारण समग्र अर्थतन्त्र संकटोन्मुख छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा उद्योग, व्यापार, व्यवसाय सिथिल बन्दै गएका छन् । रोजगारीका क्षेत्र प्रभावित भएका छन् । लाखौं श्रमजीवीसहित सरकारको राजस्वमा समेत नकारात्मक प्रभाव परेको छ ।

लकडाउनको बीचमा अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चौतर्फी दबाबका बीच सरकारले करिब दुईसाता अधिदेखि ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पुनः केही उद्योग सञ्चालन गर्न दिने तयारी गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्यातजन्य उद्योग, स्टिल, सिमेन्टलगायत ठूला उद्योग सञ्चालन गर्ने दिने विषयमा छलफल भइरहेको बताए । ‘‘विकास निर्माणका काम पनि गर्नुपर्ने छ,’’ उनले भने, ‘‘त्यसैले ठूला उद्योग सञ्चालन कसरी गर्ने दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’’ उद्योग सञ्चालन गर्न मोडालिटीमा छलफल भइरहेको उनले बताए । ‘‘ठूला उद्योग कसरी, कुन समयमा सञ्चालन गर्ने भन्ने विषयमा मोडालिटीमा छलफल गर्दैछौं,’’ उनले भने, ‘‘आज र भोलि नै त्यो मोडालिटी बनाएर निर्णयमा पुग्छौं ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC