site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साँचो अर्थमा जीवित बनौं !

बिहान पत्रिका हेर्न जम्मा हुनेगरेका थियौं  रोहितजीको स्टेसनरी पसलमा । हामी वीरेन दाइ (वीरेन्द्र दाहाल), पर्वतका नन्द पुन, चितवनका कृष्ण गुरुङ र म । त्यहीँ छेउमा कफी पिएर समसामयिक कुरा गर्थ्यौं महाराजगँजको चियापसलमा ।

राजनीति र पुस्तकको चर्चा गर्नुहुंथ्यो वीरेन दाइ । वीरेनदाइ र डा. गोपाल पाण्डेको निकट सम्बन्ध रहेछ रुचि मिलेर होला सायद । डाक्टर सापसँग मेरो दोहोरो चिनापर्ची त्यहीँ भएको हो । वीरेन दाइको निधनपछि डाक्टर साप सँग उठबस झन् बढेको थियो मेरो । तर ,समय क्रम संगै उहाँ विश्वविद्यालयतिर व्यस्त हुनु भयो म बर्दिया गएँ ।

आमचुनाव भयो । चुनावमा नेपाली कांग्रेसको पराजय भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयपछि एक बिहान डाक्टरसापसँग पहिलेकै ठाउँमा भेट भयो - अधिकारीको चियापसलमा ।

“के गर्दै हुनुहुन्छ आजकल ?” डाक्टर गोपालले सोध्नुभयो  । (अहिले उहाँ त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागको प्रमुख हुनुहुन्छ । )

Global Ime bank

“पार्टीको तोकिएको जिम्मेवारी छैन, पढेर बसेको छु"  ।

पार्टीले भर्खरै भोगेको पराजयमै केन्द्रित भएर काठमाडौंमा हाम्रो कांग्रेसका टुक्राटुक्री गुटहरू भेलामा सक्रिय थिए । पछिल्लो निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्ने भन्ने थियो भेलाको विषय । विज्ञहरूसँगको बसाइमा अब कसरी जानें भन्ने विषयमा भेला आयोजकले गोपाल जीलाई पनि बोलाएका रहेछन् सुझावका लागि । गोपाल जी त्यहाँ पुग़्दा मलाई नदेखेकोले मेरो अनुपस्थितिमा चासो व्यक्त गर्नु भएको रहेछ । 

हुन त, भेला आयोजकले मलाई खबर गरेका थिए । हामी नेविसंघका पूर्वअध्यक्षहरूको फोटो राखेको ब्यानर सामाजिक सञ्जाल भर व्यापक गरिएको थियो । 'अब केही हुन्छ कि ?' ‘भनेर सामाजिक सञ्जालमा जिज्ञासा थियो ।

म भने बर्दियामै थिएँ  । 

युवा भेला सम्बन्धमा मेरा आफ्नै अनुभूति र धारणा छन् । विगतमा गोविन्द भट्टराईदेखि मसम्मका पाँच पूर्वसभापति मिलेर वानेश्वरमा चियापान आयोजना गरेका थियौं । पार्टीको नेतृत्व पंक्तिसमेत उपस्थित थियो । कांग्रेसजनबीच भेटघाट ,गफगाफ भयो । कांग्रेस पुनर्मिलन जस्तो भएको थियो चियापान । गहिरो सोचले आयोजना गरिएको थिएन ।

विसं २०६४ को संविधान सभा निर्वाचनमा हारपश्चात् पनि एउटा बृहद् युवा भेला भएको थियो प्रज्ञाप्रतिष्ठानमा । पूर्वअध्यक्ष हरू नै थियौं । एनपी सावददेखि मसम्म ।

युवा विद्यार्थीको उल्लेख्य सहभागिता थियो । सबै जम्मा भयौं । भाषण भीषण भयो । त्यसै सेलायो । ठोस परिणाम शून्य । निर्वाचन पराजयको कारण खोजिएन । पार्टी र लोकतन्त्रको पल्लवीकरणको उपायको खोजी भएन । मात्र आलोचनाको रोमाञ्चकतामा नाच्यौं । हार र टिकट नपाएको भडास पोखियो । सकियो ।
युवा भेला “मात्र भडास निकास भयो ।”

त्यसैले, अब फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । लोकतन्त्रको विकासक्रम र यसले समृद्धिमा पार्ने प्रभावबारे अध्ययन गर्न लागेँ । पढ़ाइ र भोगाइमा भिन्नता पाएँ । अध्ययनजन्य बुझाइ र नेतृत्वको व्यवहार ठीक उल्टो छ । लोकतन्त्रको विपथगमनको उपचार गरी यसमा जीवन्तता पैदा गर्ने दायित्व सम्हाल्नुपर्ने कांग्रेस नेतृत्व स्वयंनै पार्टी विचार, विधि पद्धति तोडमरोड गर्दै आफूलाई 'अजंग' भान पार्न उद्यत छ ।

गोपाल जीलाई भने - त्यसैले, व्यक्तिगत समर्थन र विरोधबाट निरपेक्ष रहेर म हारको जरो केलाउँन चाहन्छु । यही अवस्थाको निरन्तरतामा राम आय पनि श्याम आय पनि तात्त्विक भिन्नता आउँदैन । विश्वबाट लुप्त हुँदैगएको कम्युनिस्ट नेपालमा किन प्रभाव विस्तार गरिरहेको छ ? लोकतन्त्रको माध्यमबाट समृद्धि ल्याउने सोचले स्थापित कांग्रेस किन खुम्चेको हो ?

जनताको समृद्धिको सपना दूर अझ दूर भएको छ । यहीँबाट गहन छलफल सुरू गर्ने भए आउँछु भनी खबर पठाएको थिएँ युवा भेलाका आयोजकलाई । पार्टी पंक्तिको अहिलेको व्यवहार पार्टीको स्थापनाको ध्येयबाट विचलित देखिन्छ । यस्मा फड़्के किनारको साक्षी सबै छन् । आफू र आसेपासेलाई टिकट दिलाउन लागि परे। पार्टी आम कार्यकर्ताको हुँदै भएन । पार्टीमा काम गरेका, आन्दोलनमा योगदान गरेकाहरू शीर्षका प्रांगणसम्ममात्र सीमित भए । उनीहरू हेपिए । चौलिया, दलाल, पार्टीमै फितलो निष्ठा भएकाहरू शीर्षका 'किचेन' प्रबन्धक भए ।
‘एलिट क्लब' अभ्यासको नकारात्मक सन्देश तलसम्म पुग्यो ।

पार्टी र लोकतन्त्र साँगुरिएको कार्यकर्ताले महसुस गरे ।

पार्टीहरू चुनावलाई सबैको पहुँचमा लैजाने उपायमा लागेनन् । गैरलोकतन्त्रवादी पार्टी र यस्को नेतृत्वबाट लोकतन्त्रको उन्नयनको अपेक्षा गर्ने कुरै भएन । लोकतन्त्रमा देखिएका कमजोरीलाई सच्याई यसलाई जनसाधारणको पहुँचमा पुर् याउने दायित्व कांग्रेसजनकै हो नेपालको लोकतान्त्रिक आन्दोलनको पर्यायको नाताले।
समयको माग लाग्छ मलाई यो ।

इतिहास बोकेका कतिपय दलहरू समयको गति सम्बोधन गर्न चुकेर विलीन भएर गएका छन्, प्रभावहीन भएर गएका छन् ।

यस सम्बन्धमा अंतर्राष्ट्रिय सम्बन्ध विषयकी प्राध्यापक नीना ख्रुश्चेवा लेख्छिन् – "कुनै समयमा माक्रों स्वयं अर्थमन्त्री भएर संलग्न रहेको सोसलिस्ट पार्टी अहिले ट्रटस्कीले भनेजस्तो ‘इतिहासको कुडादानी‘मा फालिन पुगेको छ । फ्रान्सको अर्को मूलधारको ठूलो दल चार्लस डेगालको उत्तराधिकार बोकेको मध्यदक्षिणपन्थी रिपब्लिकन पार्टीले पनि खासै राम्रो गरेको देखिँदैन । "

लोकतन्त्र गतिशील प्रणाली हो । यो स्थिर रहिरहन सक्तैन । व्यक्तिको विवेकले समयको पदचाप अनुभूत गर्छ । समयको चाप नै समाजको गतिको चाल हुंन्छ । समाजको गतिमा आउने परिवर्तनलाई सम्बोधन गर्दै जानुपर्छ । समय चालसँगै विस्तार हूँदै जाने राजनीतिक र आर्थिक गतिविधिमा जनसाधारणको पहुँच फैलाउँने पद्धतिहो लोकतन्त्र । जे छ त्यसैमा बाँधिएर रहनु लोकतन्त्र होइन।

लोकतन्त्र अहिले साँघुरै छ । यस्को फैलावटको नेतृत्व गर्नुपर्छ हामी कांग्रेसीले । प्रजातन्त्रको निम्ति शीर्षहरूको योगदान सम्मान योग्य छ । तर गणतन्त्रले समाजका बिभिन्न आयाममा आएको परिवर्तन हाम्रो र हामीपछिको पुस्ताले अनुभूत गर्न सक्छ ।

मेरो भिन्नता छ नेतृत्व पंक्तिसँग । मध्यमार्गी, समाजवादी व्यवहारबाट नेतृत्व पंक्ति विचलित छ । दक्षिणपन्थी बाटोतिर ओरालो लागेको अनुभूति मेरो छ । अब पार्टी र लोकतन्त्रको प्रस्फुटनका लागि योगदान हाम्रो पुस्ताले गर्ने हो । मेरो सोचमा सहमत हुनुभयो गोपाल जी । “रूपान्तरणकारि सोच छ तपार्इंको । तपार्इँका ‘पोस्ट'हरूमा यस्तै छनक पाइरहेको छु ।” सामाजिक सञ्जालमा मलाई पछ्छ्याउनु भएको रहेछ गोपाल जीले ।

थप्नुभो "अब लेख्नुस् “ ।

“आफुलाई सुसज्जित गर्ने मेरो सोचलाई सहयोग गर्ने साथीहरूले किताब उपलब्ध गराउने गरेको मैले उहाँलाई भने र थपेँ - पुस्तक अक्सर अंग्रेज़ी मै छन । 'गुगल‘ गर्नुपर्छ कतिपय शब्दको अर्थ जान्न।”

“नेपाली पुस्तक पनि हेर्नु भयो भने लेखनमा सहयोग होला ।” सहयोगी पुस्तक सुझाउनुभयो  र थप्नुभयो  ”विचार प्रकट गर्नुपर्छ, आफूमै सीमित गर्न हुँदैन ।

शंकर लामिछानेको 'अब्स्ट्र्याक्ट चिन्तन प्याज' र 'लक्ष्मी निबन्ध संग्रह' म दिन्छु । पढ़नुस् । केही आइडिया आउँछ ।”

त्यही बेला चिया आयो । सुरुप्प पार्नु भयो । केही क्षण गम्नु भयो । “तपाइँले गर्ने गरेका पोस्टमा व्यक्त विचारहरूको स्रोत बल्ल थाहा पाएँ ।“

त्यो दिन बिदा भयौँ । अर्कों दिनको चिया गफमा भेट भयो । पुस्तक मेरो हात पार्नु भयो अन्य पुस्तक पनि उपलब्ध गराउने भनेर हौसला थप्नु भयो ।  डेरामा गएँ । सरर पढें ‘अब्स्ट्र्याक्टचिन्तन प्याज ‘।

सोचें जीवन ! उन्नत जिउन सिक्ने अथक प्रयास हो । यो सिकाइ कहिल्यै पूरा हुँदैन । यो त निरन्तर चलिरहन्छ  ।अन्तिम सास फेर्दा पनि त मान्छे सहज सास फेर्ने भगीरथ प्रयासमै हुन्छ । जब उस्को प्रयास थामिन्छ । मृत्यु हुन्छ ।

यसपछि मोबाइल हातमा लिएँ । मोबाइलको ‘नोट एप्स’ क्लिक गरेँ । अनि टाइप शुरू गरेँ -

"स्थिरता मृत्यु हो

गतिशीलता नै जीवनहो

परिवर्तन हाम्रो गति हो 

त्यसैले परिवर्तन जीवन हो ।

गणतन्त्रले समाजमा, समुदायमा, सोचाइमै परिवर्तन ल्याइदिएको छ ।

समाजमा आइको परिवर्तनको चाप बुझ्न सक्नु अपरिहार्य छ ।

चाप बुझ्न समाज छाम्न पर्छ, समाजका अंग प्रत्यंगको सम्पर्कमा रहेको हुनु जरूरी छ ।

यस्का निम्ति जीवित मस्तिष्क चाहिन्छ, क्रियाशील।

जसले अंगप्रत्यंग चञ्चल पार्छ

अनि समाजसँग घुलमिल गराउँछ ।

घुलमिलले सम्पर्क, सँसर्ग बढाउँछ, अनि बढाउँछ प्रेम ।

समाजसँगको आलिंगनले बोध गराउँछ समाज परिवर्तनको चाप ।

जीवित मस्तिष्कले गतिशील समाजको पदचाप अनुभूत गरिराखेको हुन्छ ।

स्थिर मस्तिष्क जड हुन्छ, दम्भी, अहंकारी अंततोगत्वा मृत ।

मृत समाजको गति महसुस गर्दैन । समाजको पदचापको चाल थाहा पाउँदैन । आलिंगन नभइ कसरी अनुभूत गर्नु समाजको गति ?

कृष्णप्रसाद कोइराला नेपाली समाजसँगको कसिलो आलिंगनमा बाँधिनु भएको थियो । त्यसैले त समाजको पदचाप महसुस नगरेका जड चन्द्र शमशेरकोमा दरिद्र रैतीका झुत्रा कपडाको थैली पठाउनु भयो ।

नेपाल, भारतमात्र हैन अन्तर्राष्ट्रिय समाजमा कसिलोसँग बाँधिएकै कारण बीपीले सामाजिक न्याय र स्वतंत्रताको अन्तर्राष्ट्रिय आन्दोलन सोसलिस्ट इन्टरनेसनलसँग र यसका खासखास चिन्तनसँग रोजा लक्जेमबर्ग, विली ब्रान्टहरूसँग गाँसिन पुग्नु भयो ।
समाजलाई ,व्यक्तिलाई सबै ढंगले ओल्टाईपल्टाई गरेकैले त बीपी फ्राएडसँग पिन मितेरी गाँस्न पुग्नुभयो ।

जीवित भौतिक शरीर छैन बीपीको तर उनकै वरपर थुप्रै तरुणतरुणीहरू झुलिरहेका छन् ।

ती परिवर्तनशीलता सँगै छन् ।

समाजको पदचाप पछ्छ्याउँदै जनता रूपी सुन्दरीतर्फ फर्किएका छन् सूर्यमूखी फूल सूर्यतिरै एकोहोरियझैँ ।

समाजसँगको आलिंगनमा बांधिउँ

यस्को धडकन अनुभूत गरौँ

पदचाप समाउँ ।

सलल बगिरहेकी सरिताको चपलताबाट शक्ति उत्पादन गरौँ

नेपाल आमाको गर्भमै रहेका खनिज खोतलौँ ।

ठुस्सियर मुग्लान विदेसिएका जीवित असर्फ़ीलाई नेपाल आमाकै गोडा थिच्न लगाऔँ

आमाले स्याहार सुसार खोजिकी छिन् ।

तब न,

तोते बोल्दैका भगवानका रूप बालकले भन्लान्

“बाबा बाबा

अब छँगै बछ्ने है, बाबा ।

अब बाबामामु म छँगै बछ्ने ,

बाबाको टिँटीँमा इछ्कुल जाने, इछ्कुल जाने ।”


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC