site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौंमा कर्फ्यु हुँदैन तर कडाइमा सरकार कठोर हुन्छ

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले काठमाडौंमा थप कडाइ गरिने बताए ।  नागरिकको जीवनको रक्षाका लागि लकडाउन गरे पनि जनस्तरबाटै अवज्ञा गर्ने क्रम बढेकाले आवतजावतमा नियन्त्रण गर्न सरकार थप कठोर बन्ने उनले बताए ।

“सरकारको रहरले लकडाउन गरेको त होइन, नागरिककै अप्रोचको कुरा हो । तर, लापरवाही गर्ने क्रम बढेर गएको छ । यसलाई नियन्त्रण गर्नैपर्छ । नागरिकको जीवनभन्दा ठूलो केही छैन,” उनले बाह्रखरीसँग भने ।

उनले काठमाडौं उपत्यकामा कर्फ्यु लगाउने सरकारको तयारी नभए पनि लकडाउन पालना गराउन कुनै कसर बाँकी नराखिने बताए । सङ्क्रमणको जोखिममा रहेका बारा, पर्सामा भने स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गरेको छ ।

उनले भारतबाट लुकिछिपी आउनेहरूमा कोरोना सङ्क्रमण देखिएकाले नआत्तिन आग्रह पनि गरे । “उदपुर, नेपालगञ्ज, पर्सा, जहाँजहाँ उच्च सङ्क्रमण देखिएको छ, ती सबैको कारण भनेको भारतबाट लुकिछिपी प्रवेश नै हो । स्थानीय सङ्क्रमण न्यून छ । परीक्षण अझै बढाउँछौं । अहिले जुन रफ्तारमा भइरहेको छ, त्यसमा अझै वृद्धि हुन्छ,” उनले थपे ।

उनका अनुसार सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लालाई तुरुन्तै सिल गरेर परीक्षणको दायरा बढाउने सरकारको नीति छ । 

“अहिले सङ्क्रमितको सम्पर्कमा पुगेका, कोरोना सङ्क्रमणको लक्षणसँग मिल्दोजुल्दो देखिएका, बाहिरबाट आएकाहरूमा परीक्षण केन्द्रित गरेका छौं, सङ्क्रमण बढ्दै गयो भने समुदायमै परीक्षण सुरु गर्नुपर्ने हुनसक्छ,” उनको भनाइ छ ।

पोखरेलले बोर्डरमा आजबाट थप कडाइ गरिने बताए । सरकारले जेठ १८ गतेसम्म बोर्डर सिल गरेको छ । उनले त्यसपछि पनि कायमै रहने सङ्केत गरे । भारतमा सङ्क्रमणको मात्रा दिनप्रतिदिन बढिरहेकाले त्यसलाई मध्यनजर गरेर र घरेलु सङ्क्रमणको अवस्था हेरेर नाका अनिश्चितकालसम्म बन्द राख्ने सरकारको तयारी छ ।

विज्ञहरूका अनुसार नेपाल कोरोना सङ्क्रमणको खास जोखिमको अवस्थामा आइपुगेको छ । मङ्गलबारमात्रै काठमाडौं उपत्यकासहित ६ जिल्लामा ८३ जना नयाँ सङ्क्रमित फेला परेका थिए । मुलुकमा हालसम्म २ सय १७ जना सङ्क्रमित फेला परेका छन् । अहिलेसम्म १८ हजार ९ सय ९० जनामा पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro