के हो सफलता ?

क्रिस अर्याल

के हो सफलता ?

कहिले काहीँ यो जिन्दगीको यात्रामाा अनेक चुनौतीहरु आइपर्छन् । ती चुनौतीको सामना गर्दै मानिसले आफ्नो लक्ष्य हासिल गर्न निकै सड्घर्ष गर्नुपर्छ । एउटा पन्छीले गुँड बनाउँदा परालको त्यान्द्रा  खोज्न निकै मेहनत गरी निकै टाढासम्म आफ्नो पखेटाको साहाराले उँड्नु परे जसरी नै एउटा बच्चा जब आफनो खुट्टाले उभिन खोज्छ तब ऊ कैयौं पटक लड्छ । तर, लाखौं कोसिसपछि ऊ उभिएर, हिँड्दै आफना बुबाआमाको न्यानो काखमा पुग्छ ।

ती बच्चा हामी नै हौं । त्यसकारण जीवनमा तपाइँ जतिपटक आफनो काममा असफल बन्नुहुन्छ त्यसलाई प्रेरणाको रुपमा लिई अघि बढ्नुहोस् । भनिन्छ नि – ‘घोडा चढ्ने मान्छे लड्छ ।’ कुनै काममा निकै प्रयास गर्दा पनि असफल होइन्छ । त्यो असफलताको बारेमा सोची निराश नहुनुहोस् । किनभने, प्रयास गर्ने मानिस नै असफल हुने हो । जीवनमा केही नै नगर्ने व्यक्तिमात्र कहिल्यै असफल हुँदैन ।

‘‘तपाईँको प्रयास नै तपाइँको ठूलो सफलता हो’’ – अमेरिकी विद्वान् डा. सेमौर एपस्टीनले भनेका छन् । धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफनो समयलाई व्यर्थमा वा अप्ठेरा तरिकामा नकारात्मक विचारमा अल्झाउँदैनन् । उनीहरु रचनात्मक ढंगले सोच्छन् । अनि उनीहरुलाई के पनि थाहा हुन्छ भने आफ्नो सोचाइको तरिकाले नै सफलता तय गर्छ ।

हामीले सधैँ सकारात्मक सोच लिए निरन्तर कोसिसले सजाएका ती सपना साकार पार्न सक्छौँं । सबै सफल मानिसले ठूला ठूला काम गरेका हुँदैनन् तर ससाना कामलाई कुशलतापूर्वक गर्छन् । मानिसलाई सफल हुन उमेरले कहिल्यै पनि छेक्दैन । त्यसकारण तपाईले वर्तमान समयमा गरेको कामले नै तपाइँको सफलताको सिंढी निर्माण हुन्छ ।

प्रतिकृया दिनुहोस
ad