site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डोटी । शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । 

 राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमान्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए । 
 
 टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने  प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो । घटना भएको दिन शुक्रबार एउटै कोठामा दमाई  दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्