site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांसद रोका स्वास्थ्य सामग्री लिएर जिल्लामा
Ghorahi CementGhorahi Cement

रुकुम (पूर्व) । प्रतिनिधिसभा सदस्य कमला रोका  कोभिड– १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री लिएर गृह जिल्ला रुकुम (पूर्व)  आइपुगेकी छिन् । कोरोना भाइरस परीक्षणमा आवश्यक पर्ने थप सामग्री लिएर उनी जिल्लामा पुगेकी हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत विभिन्न संघसंस्थाको सहयोगमा १४ थर्मल गन, ४० थान पिपिई, मास्क र स्यानिटाइजरलगायत सामग्री काठमाडौँबाट ल्याइएको सांसद रोकाले जानकारीे दिइन् । उनका अनुसार सात थर्मल गन राप्ती हाइड्रोपावर प्रोजेक्टले उपलब्ध गराएको हो । 

Agni Group

तीन हजार १५० थान मास्क र  दुई बाकस स्यानिटाइजर उद्योग मन्त्रालयले उपलब्ध गराएको हो । चालीस थान पिपिई भने महावीर पुनको आविष्कार केन्द्रले सहयोग गरेको उनले बताइन् ।  सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री रुकुमपूर्वमा अभाव भइरहेको गुनासो आइरहेका बेला विभिन्न ठाउँबाट थप ल्याइएका  सामग्रीले सम्भावित कोरोना सङ्क्रमित व्यक्तिको स्वास्थ्य जाँचमा सहज हुने बताइएको छ ।  जिल्लामा आवश्यक सामग्री उपलब्ध गराउनका लागि विभिन्न ठाउँबाट पहल भइरहेकाले स्वास्थ्यकर्मीलाई  सुरक्षित र ढुक्क भएर बिरामीको सेवामा खट्न उनको आग्रह छ ।  जिल्लामा ल्याइएका ती सामग्री आवश्यकतानुसार सबै स्थानीय तह र जिल्ला अस्पतालमा वितरण गरिने  जनाइएको छ । रासस

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC