बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
हेलिकोप्टरबाट महिलाको उद्धार
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । 

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।
 
बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । तर घरको आर्थिक समस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा हामीजस्ता निमुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि सहयोग गरेको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरेका छन् ।
 
जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताइएको थियो । रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्