site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भोजपुर । कोभिड-१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ जिल्ला कमान्ड पोस्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र सङ्खुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकामा थप कडाइका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ । उनको यात्रा विवरण विषयको आधारमा थप परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली पठाउन प्रदेश नं १ सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ पुरीले बताए ।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनको सङ्गतमा रहेका २० जनाको पीसीआर गर्ने तयारी भइरहेको गाँउपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए । त्यसका लागि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली आउने तयारीमा रहेको विष्टले बताए । ती युवकलाई आज नै कोसी अस्पताल विराटनगर लैजाने जनाइएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC