site stats
बाह्रखरी :: Baahrakhari
देश
रड प्रहार गरी  बुवाको हत्या

धुनषा । धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । 

सहिदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र  नदिएपछि दुवै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । 

हत्या गरी फरार रहेका नथुनीलाई इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०३:००
प्रतिक्रिया दिनुहोस्