site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकार पास देऊ, अलपत्र नागरिकलाई घर पुर्‍याउँछौंः बस व्यवसायी

काठमाडौं । यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाडौं उपत्यकालगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको बताएका छन् ।

राजमार्गमा हजारौं मजदुर पैदलै हिँडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यसका लागि सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । ‘कोरोना भाइरस नियन्त्रणका लागि लागु भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लाखौं यातायात मजदुरहरु हुन गएको, उनीहरुलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरुको बिचल्ली भइ ठूलो समस्या भएकोले उनीहरुलाई घरसम्म पुर्‍याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं ।’

कडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ ।

यस्तै ६ महिनाको किस्ता अवधि बढाइदिन माग गरिएको छ । यस्तै महासंघले सामग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्