बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देवता स्याहार्दै पुजारी... (फोटो फिचर)
KNP nepal
KNP nepal
सुनिल प्रधान
बाह्रखरी - सुनिल प्रधान आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) ले प्रभाव पारेको छ । नेपालमा पनि कोरोना संक्रमण फैलिन नदिन सरकारले गएको चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । वैशाख १५ गतेसम्मलाई लकडाउन भनिए पनि यसको अवधि थपिने सम्भावना पनि उत्तिकै छ ।

चैत ११ यता भएका विभिन्न गतिविधिहरू रोकिएका छन् । योसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा पनि रोकिने पक्का छ । तर पनि ललितपुर पाटनको तःबाहमा रातो मच्छिद्रनाथलाई बडो धैर्य र कुशलतापूर्वक पूजारीले रंग्याउन थालेका छन् । रथ जात्रा नभए पनि चैत्र कृष्ण प्रतिपदारको दिनमा रातो मच्छिद्रनाथको स्नानपछि मूर्तिमा रङ लगाउने चलन अनुसारै यसो गरिएको पुजारी बताउँछन् । 

पुजारीका अनुसार मच्छिद्रनाथको मूर्तिमा रङ लगाएर सकिएपछि नेवार समुदायमा दशकर्म गर्ने चलन छ । रातो मच्छिद्रनाथको स्नानसँगै पुल्चोकमा रथ निर्माणको काम आरम्भ गर्ने चलन भए पनि यसवर्ष कारोना संक्रमणकै कारण रोकिएको छ । हेरौं पुजारीले मच्छिन्द्रनाथको मूर्तिलाई सिँगार्न थालेका थप तस्बिरहरू :

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्