site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोरोना नरोकिएसम्म प्रधानमन्त्रीले तलब नलिने, कोषमा दाखिला गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गरेका छन् । नयाँवर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।

“आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,” उनले सन्देशमा भनेका छन् ।

उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको बताउँदै प्रधानमन्त्री ओलीले ती सबै सुझावमा प्रधानमन्त्रीको ध्यान गएको बाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ छ । 

Global Ime bank

यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको प्रधानमन्त्रीले बताएका छन् । विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट यसैगरी विभिन्न शीर्षकमा १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भएको पनि प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्रीले अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्ने बताउँदै पार्टीभित्रको कलह र विपक्षीहरूको आरोपलाई नयाँ वर्षको बिहानीमा पनि कटाक्ष गर्न छाडेका छैनन् र 

यसलाई रडाको मच्चिएको ठान्नु भूल हुने उनको भनाइ छ । “मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

विश्वका विभिन्न मुलुकहरूमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक रहेको उल्लेख गर्दै मुलुकमा संक्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्रै रहेको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई सरकारका प्रयासको सफलताको रुपमा चित्रण गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC