site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोनाको परीक्षण देशैभरका १० स्थानमा, कहाँ कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रणका लागि देशभरका १० स्थानका प्रयोगशालबाट नमुना परीक्षण गरिरहेको छ । ती १० स्थानमा शुक्रबार कोभिड १९ को आशंकामा ३ हजार ५२५ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्र ६ सय ३० जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार मात्र ४ सय १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४८, जनकपुर प्रादेशिक अस्पतालमा ७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५, सुर्खेत प्रादेशिक अस्पतालमा १५, सेती प्रादेशिक अस्पतालमा ४, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा १७ जनाको कोरोनाको आशंकामा नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका अनुसार काठमाडौं विश्वविद्यालयमा ४८, राष्ट्रिय गहुँबाली अन्सन्धान केन्द्र भैरहवामा १४ भरतपुर कोभिड १९ डायग्नोस्टिक प्रयोगशालामा ४१ जनाको कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको छ । भने धुलिखेल अस्पतालमा शुक्रबार दिउँसो साढे दुई बजेसम्म नयाँ व्यक्तिको प्रयोगशाला परीक्षण भएको छैन ।

सातै प्रदेशमा र्‍यापिट डायग्नोस्टिक टेस्टका लागि ५ हजारका दरले किट बिहीबार नै सातै प्रदेशमा पठाइएको र शुक्रबारबाट परीक्षण समेत सुरु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए ।

Global Ime bank

उनले भने, “कैलाली र कन्चनपुरमा र्‍यापिड डायग्नोस्टिक टेस्टबाट हालसम्म कैलालीमा ३३९ वटा र कञ्चनपुरमा १३७ गरी कुल ४७६ कोरोनाको आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ आएको छ ।”

कुन प्रयोगशालामा कतिको नमुना परीक्षण ?

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म दुई हजार ७८३ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३१, जनकपुर प्रादेशिक अस्पतालमा २९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७०, सुर्खेत प्रादेशिक अस्पताल, कर्णालीमा ९८, सेती प्रादेशिक अस्पताल धनगढीमा ३७, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा ८२ जनाको कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको छ ।

त्यसैगरी, काठमाडौ विश्वविद्यालयमा ७४, राष्ट्रिय गहुँबाली अन्सन्धान केन्द्र भैरहवामा ४७ भरतपुर कोभिड १९ डायग्नोस्टिक प्रयोगशाला चितवनमा ७४ जनाको कोरोनाका भाइरसको आशंकामा नमुना परीक्षण गरिएको छ भने धुलिखेल अस्पतालमा शुक्रबार दिउँसो साढे दुई बजेसम्म एक जनाको पनि नमुना परीक्षण भएको छैन ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) को संक्रमण ९ जना व्यक्तिमा देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् भने अन्य ८ जना विभिन्न अस्पतालमा उपचाररत छन् उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

“आज कोसी अञ्चल अस्पतालमा थप एक पीसीआर मेसिन जडान गरिएको छ, देशका ११ स्थानमा कोरोना भाइरसको नमुना परीक्षण गरिँदै आएको छ,”उनले भने, “इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेलधुराबाट १९९ वटा, बैतडीबाट ४२५ वटा र कर्णालीमा ८५ गरी कुल ७०९ वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC