




मुम्बई । भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ ।
१२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
सोमबार भारतमा ७०४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार