site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कोरोनाले आगामी पीँढीको स्मार्टफोन जोखिममा पार्दैछ ! 
Sarbottam CementSarbottam Cement

बीबीसी । सिड्नीको एप्पल स्टोरमा हेरक वर्ष मेजन कोरुच घण्टौँ लाइनमा बसेर लेटेस्ट आइफोन मोडेल खरिद गर्ने गरेका थिए । एप्पलका सबै डिभाइस अष्ट्रेलियामा छिटै उपलब्ध हुने हुनाले पनि त्यहाँ सबैका लागि नयाँ फोन लन्च हुने दिन उत्साहजनक रहने गरेको छ । यसमा एप्पलका धेरै ग्राहकहरु विदेशबाट समेत फोन खरिद गर्न आउने गरेको मेजन बताउँछन् । फरक टाइम जोनका कारण लन्च हुने दिन एप्पलको स्टोर त्यहाँ विश्वमै सबैभन्दा छिटो खुल्ने गरेको छ । तर यो वर्ष भने यस्तो हुने छैन ।

अन्य रिटेलर जसरी नै कारोना भाइरस प्रकोपका कारण अहिले विश्वभरका अधिकांश एप्पल स्टोर बन्द छन् । लन्च हुने महिनासम्म स्थितिमा सुधार आउने नआउनेबारे अहिले नै भन्न सकिँदैन तर केही देशको अहिलेको अवस्था हेर्दा नयाँ फोन लन्चलाई प्रोत्साहन गर्न नमिल्ने देखिएको छ । जस्तै बेलायतमा मात्र पहिले जस्तो सामान्य जीवनमा फर्कन तीन देखि ६ महिना लाग्ने सरकारले बताएको छ जसको अर्थ सबै पसल र अत्यावश्यक बाहेकका स्टोर लामो समय खुल्ने छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतर्फ एप्पलका लागि भने नयाँ आइफोन १२ सबैभन्दा बढी प्रतिक्षा गरिएको मोडल हो । जसमा पहिलोपटक फाइभ–जी प्रविधि जडान गरिने हुनाले पनि यसको अधिक चर्चा हुँदै आएको थियो । तर हालको अवस्था हेरेर कम्पनीले फोन लन्चमा ढिलाइ गर्ने योजना बनाइरहेको खबर आएको छ । यता अर्को ठूलो कम्पनी सामसुङको पनि त्यही अवस्था छ । एन्ड्रोइड सिस्टम प्रयोग गर्ने सामसुङका प्रतिस्पर्धीहरुका लागि पनि यो समय चुनौतिमय मानिएको छ । 

फोनको उत्पादन अहिले नै अवरुद्ध भइसकेको छ । किनकी विश्वको ७० प्रतिशत स्मार्टफोन चीनमा बन्ने गरेका छन् भने फोनका पार्टपूर्जाका लागि सबै कम्पनीहरु चीन र दक्षिण कोरियामा निर्भर छन् जो कोभिड–१९ बाट सबैभन्दा नराम्ररी प्रभावित मुलुकमा पर्छन् । कोरोनाको संक्रमण अधिक सङ्ख्यामा भेटिएको दक्षिण कोरियाको देगु शहरको बीस मिनेटको दुरीमा मात्र स्मार्टफोनका अधिकांश पूर्जाहरु निर्माण हुने गर्दथे । 

Global Ime bank

तर अहिलेको अवस्थामा स्मार्टफोनको आपूर्ति मात्र नभएर मागमा पनि ठूलो गिरावट आएको छ । संकटको समयमा मानिसहरुले नयाँ मोडलको स्मार्टफोनमा पैसा खर्च गर्न नचाहने हुँदा यस्तो भएको हो । जस्तै अघिल्लो वर्षको तुलनामा २०२० को पहिलो तीन महिना चीनमा स्मार्टफोनको निर्यात ४० प्रतिशतले कम भएको हो । यसरी चिनियाँ उपभोक्ताहरुले यो वर्ष ३ करोड ३० लाख कम स्मार्टफोन खरिद गर्ने आइडीसी रिसर्च फर्मले बताएको छ । यता अमेरिका र पश्चिमी युरोपमा पनि उल्लेखनीय दरमा गिरावट आउने सम्भावना रहेको फर्मको भनाइ छ । 

यसले अहिलेका डिभाइस निर्माणकर्ताहरुलाई त प्रभाव पार्छ नै, साथै आगामी नयाँ उपकरणहरुमा पनि असर पर्ने हुँदा अधिक चिन्ता व्यक्त गरिएको छ । एप्पल र एन्ड्रोइड दुवै फोनका निर्माणकर्ताहरुले वर्षको एउटा विशेष समयमा सबैभन्दा बढी आम्दानी गर्ने गरेका छन् जसकारण पनि यसलाई गम्भीर रुपमा लिइएको छ ।

स्मार्टफोको उत्पादन प्रक्रिया जटिल भएको हुँदा ४० भिन्दाभिन्दै मुलुकबाट पाटपूर्जाहरु संकलन गर्नुपर्ने हुन्छ जसमा प्रयोग हुने उपकरणहरु कामदारले घर लैजान सक्दैनन् । त्यसैले पनि यसले २०२१ का नयाँ मोडलको निर्माणमा बाधा पुर्याउन सक्ने हुँदा कम्पनीहरुले अहिलेदेखि तयारी गरिरहेका छन् । यता आपूर्ति गर्न सवारी साधनहरुको पनि अभाव हुँदा झन कठिनाइ हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC