site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
दक्षिण कोरियामा उपचारपछि निको भएका ५१ जनामा पुन: कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

सिओल । दक्षिण कोरियामा फेब्रुअरीपछिकै सबभन्दा कम नयाँ संक्रमित फेला परेको यो पहिलो दिन हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित फेला परेको र तीन जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । 

दक्षिण कोरियाली अधिकारीका अनुसार नोभेल कोरोना भाइरसको उपचार भएको ६ हजार ४०० लाई उपचारपछि क्‍वारेन्टाइनमा राखेर घर पठाइएको जनाइएको छ । तर, यीमध्ये ५१ जनामा पुन: कोरोना संक्रमण देखिएको दक्षिण कोरियाको रोग नियन्त्रण र उपचार केन्द्रले जनाएको सिन्ह्वामा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार २८४ पुगेको छ भने १८६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिया सरकारले सामाजिक दूरी कायम गर्ने नियम थप दुई साताका लागि थप गरेका छन् । तर, युरोप र अमेरिकाकोजस्तो लकडाउनको प्रावधान भने लागु गरिएको छैन । 

कोरोना भाइरसविरुद्धको दक्षिण कोरियाको व्यापक टेस्टिङ र ट्रेसिङलाई विश्वभरबाट प्रशंसा भइरहेको छ । तर, दक्षिण कोरिया उपस्वास्थ्यमन्त्रीले भने एकदिनको तथ्यांकलाई हेरेर संक्रमण घट्‍यो भन्‍नु निकै चाँडो हुने बताएका छन् । 

Global Ime bank

दक्षिण कोरियालीहरुले मुलुकभित्रको प्रकोप अन्त्य भइनसकेको चेतावनी दिएका छन् । वसन्तको सुरुआतसँगै देशभरका पार्कहरुमा चेरी फुल्ने र त्यसलाई हेर्नका लागि मानिसहरु पार्कमा जम्मा हुने भएकोले संक्रमण फैलिने त्रास बढेको छ । त्यसैगरी सिओलको गाङनाम क्षेत्रका नाइट क्लबहरुमा पनि ठूलो भिडभाड रहेको दक्षिण कोरियालीहरुले बताएका छन् । - बीबीसी र सिन्‍ह्वा 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC