site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
एकै दिन १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार (आज) १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयको दुई कल सेन्टर १११५ र ११३३ मा ३ हजार ४६५ वटा कल कोरोनाको विषयमा आएका छन् ।  मन्त्रालयको मोबाइल एपमा आज १२६ जना रेड जोनमा रहेको  मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा कतिको सावाधानी अपनाएका छन् संक्रमण थप फैलिने अथवा नफैलिने त्यसमा भर पर्ने प्रवक्ता देवकोटाले बताए ।  

देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार थप तीनजना कोरोना संक्रमित फेला परेपछि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । यसमध्ये एकजना उपचार पछि निको भएर घर फर्किसकेका छन्  । अन्य आठ जनाको उपचार भइरहेको छ । 

“अस्पतालमा उपचाररत आठै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना , २ जना बाग्लुङग धवलागिरि अञ्चल अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।”


 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्