Skip Advt.

स्वास्थ्यमन्त्रीले नै गलत सूचना दिएपछि...

स्वास्थ्यमन्त्रीले नै गलत सूचना दिएपछि...

काठमाडौं । नेपालमा देखिएका कोरोनाभाइरसको तेस्रो बिरामी कतारबाट आएको भनी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै गलत सूचना प्रवाह गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा दुवईबाट आएका एक नेपालीलाई कोरोनाभाइरसको संक्रमण देखिएको समाचार सार्वजनिक भए पनि मन्त्री ढकालले नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै कतारबाट आएका नेपाली नागरिकलाई कोरोना देखिएको बताएका थिए ।

तर स्वास्थ्य मन्त्रालयले नै बेलुका विज्ञप्तिमार्फत उक्त भनाइ सच्याएको थियो ।

दुबई सारजाहबाट नेपाल आएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस
ad